व्यबसायीको भागाभाग

सम्पादकीय
नेपालको अर्थतन्त्र डगमगाउँदै गएपछि व्यबसाय गर्नेको भागाभाग हुन थालेको  छ । अर्थतन्त्र तहस नहस भएको छ तर सत्तामा बसेका नेताहरु चाल नपाएझै गरी अर्थतन्त्र लिकमा छ डराउँनुपर्देन भन्दै भाषण गर्छन् । काठमाण्डौ लगायत देशका ठूला साना सहरमा व्यबसाय छाड्दै लुक्नेको जमात बड्दै गएको छ । व्यबसाय गरेको कोठाको भाडा महिनौं देखि तिर्न नसकेर भाग्न बाध्य भएका छन् । काठमाण्डौमा सटर खाली छ भनेर सूचना टासिएको पाइन्छ । देशको अर्थतन्त्र तहस नहस भएर व्यबसायीले काम गरेर जीवन निर्बाहा गर्ने वातावरण छैन । काम गरेर खाने वातावरण नबनाउने अनी नागरिकलाई कर मात्र तिर भन्ने नीतिले नागरिक टाट पल्टिएका छन् । हरेकको अवस्था बिजोग छ । देशमा उत्पादन कसरी हुन्छ भन्ने बारेमा ध्यान दिएको पाइदैन । सबै उपभोग्य सामाग्री बिदेशीको भरमा भएको अर्थतन्त्र बलियो हुने कुरै भएन । रेमिट्यान्सले केही धानेपनि कर्मचारी लाई तलव खुवाउन धौं धौ परेको छ । भ्रष्टाचार र व्यतिथीले गाँजिदै जाँदा अब कसरी अघि बढ्ने भन्ने बारेमा नेताहरुले होस् गुमाएको अवस्था छ । नेताहरुले पद ओगट्ने बाहेक अरु केही हात परेको देखिदैन । नागरिकको जीवन स्तर खस्केको मात्र होइन बाच्नै गाहे भएको अवस्था हो । काम गरेर खाँन खोज्दा वातावरण बन्दैन । सत्तामा बसेका नेताहरुले खर्च कटौती कसरी हुन्छ भन्ने बारेमा एक सुत्रिय योजना बनाउँन जरुरी छ । अर्थतन्त्र थप धरासयी हुन नदिन जतिसक्यो चाडो देशको बारेमा गम्भिर समिक्षा गर्न जरुरी छ ।