सम्पादकीय
मलमा डेढ अर्ब भन्दा माथि भ्रष्टाचार भयो भनेर राष्ट्रिय दैनिकले समाचार प्रकाशित गरेका छन् । त्यो पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हालेको कुरा हो । यति ठूलो रकम एक बर्षमा मल खरिद गर्दा भ्रष्टाचार हुन्छ भने अन्य क्षेत्रको अवस्था कस्तो होला ? भ्रष्टाचारले गाजिएको समाजमा दैनिक भ्रष्टाचारका कुरा बाहिर आउछन् तर कारबाही खासै भएको पाइदैन । ललिता निवास जग्गा प्रकरण सामसुम पार्ने खेल भइरहेको छ । राजनीतज्ञलाई बचाएर मुद्धा दर्ता गर्नुको अर्थ घटना सामसुम पार्नु हो । २०४६ को परिवर्तनलाई देखिन सक्नेहरु आज गणतन्त्रमा रमाएका छन् । गणतन्त्र समृद्धिको अचुक औषधी हो भन्नेहरु यतिखेर खुसी छन् र रमाएका छन् । रमाउनुको कारण पनि गणतन्त्रमा नेताहरुलाई मात्र फलिफाप भएको छ । गणतन्त्रमा नेताहरु संबिधान भन्दा माथि भएको जस्तो देखिन थालेको छ । नेताहरुलाई कानूनले छुन सकेको छैन कि भन्ने अवस्था छ । गणतन्त्रमा व्यतिथीको चाङ् लाग्दै छ तर नेताहरुलाई व्यतिथीको चाङले खासै असर पारेको छैन । नेताहरु सत्ता र शक्तीको स्वार्थमा मात्र लिप्त छन् । केवल सत्ता स्वार्थका कारण आज व्यतिथीको चाङ् लाग्दै गएको हो । भ्रष्टाचार र मनपरी सामान्य कुरा भएको छ । हरेक क्षेत्र तहस् नहस् छ । हरेक मन्त्री आर्थिक लाभ लिनमा मस्त छन । जनतालाई कसरी राहत हुन्छ भन्ने स्वार्थ भन्दा पनि कसरी आफुलाई सजिलो गरी धन आर्जन हुन्छ भन्नेमा लागेको पाइन्छ । मन्त्रालयमा भएको मनपरी गाउूसम्म पुगेको छ । मन्त्रालयमा हुने कमिसन गाउूका ठालूहरुले समेत चाल पाएपछि भ्रष्टाचारको जालो गाउँसम्म पुगेको छ । संघियताले मुलुकको आर्थिक संकटमा पर्दैछ । यसरी दिनप्रतिदिन व्यतिथी बढ्दै जाने हो भने मुलुक गभिंर संकटमा जाने निश्चित छ । तसर्थ नागरिक सचेत हुन जरुरी छ । व्यतिथी र मनपरी हेरेर बस्नु पनि राष्ट्रका लागि घात हो । । नागरिक गम्भिर हुन जरुरी छ ।