दुर्गा देवकोटा
टीकापुर, ३१ वैशाख /कैलालीको टीकापुर नगरपालिका अन्र्तगतका सामुदायिक विद्यालयका शिक्षकहरु आजभोलि व्यस्त छन् । उनीहरु दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय विद्यालयका शिक्षकले योजना निर्माण गरिसकेका छन् भने कतिपय शिक्षकहरु योजना निर्माणमा ब्यस्त छन् ।
टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षकले आपूmले शिक्षण गर्ने विषयको शैक्षणिक योजना अनिवार्य बनाउनै पर्नेनीति लागू गरेपछि शिक्षकहरु योजना निर्माणमा जुटेका हुन् ।
आफुले पढ्दा शैक्षणिक योजना निर्माणकोअभ्यास गरिसकेकाले खासै गाह्रोमहसुस नभएको खड्ग मावि टीकापुरका शिक्षक रामकुमार चौधरी बताउनुहुन्छ । ‘‘मैले आफू विद्यार्थी हुँदा शैक्षणिक योजना बनाएको अनुभव थियो, त्यसैले मलाई खासै गाहे भएन’’, उहांले भन्नुभयो, ‘‘पढाउने विषयको शैक्षणिकयोजना निर्माण गरिसकेको छु । अब योजना अनुसार अध्यापन गर्न सहज हुनेछ ।’’
टीकापुर नगरपालिकाले शिक्षकलाई यो खालको अभ्यास गर्न पहिलो पल्ट अनिवार्य गरेको छ । त्यसैले पनि धेरैलाई केही न केही कठिन महसुस भएको छ । आफुलाई केही विषयको शैक्षणिक योजना निर्माण गर्दा केही कठिन भएको नवदुर्गा आधारभूत विद्यालयका शिक्षक भगिरथ चौधरी बताउनुहुन्छ । ‘‘पहिलो पटक निर्माण गर्न थालेकाले केही कठिन भएको छ । तर पालिकाको निर्देशन मान्नुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘मेहनत गरिरहेको छु । मेहनतले पछिका लागि सहज बनाउनेछ । योजना बनाएमा मलाई पूर्व तयारीका साथ शिक्षण गर्न सहज हुन्छ ।’’
केदारेश्वर आधारभूत विद्यालयका शिक्षिकामंगला मिश्रले शैक्षणिक योजना निर्माणबारे आफूलाई जानकारी नभएको बताउनुभयो । ‘‘मलाई जानकारी नभएकाले बनाएको छैन । अब योजना निर्माणमा लाग्छु’’, उहाँले भन्नुभयो ।
कुनै पनि काम योजना निर्माण गरी अगाडी बढ्दा सहज, छिटो र उपलब्धीमूलक हुने भएकाले शिक्षकले वार्षिक शैक्षणिक योजना निर्माण गरी पठनपाठन गर्न अनिवार्य गनर््ु सकारात्मक भएको शिक्षकहरु नै बताउँछन् ।‘‘शिक्षक शिक्षक मात्र नभई विद्यार्थी पनि हो । एउटा शिक्षकले कक्षा कोठामा प्रवेश गर्नुपूर्व विषय बस्तुको अध्ययन गरी पूर्व तयारी गर्नुपर्छ अनि मात्र कक्षा प्रवेश गर्दा राम्रो मानिन्छ’’, शिक्षक रविन्द्रबहादुर कठायत भन्नुहुन्छ, ‘‘कुन विषयबस्तु कसरी शिक्षण गर्ने, कस्ता शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने विषयमा शिक्षकले तयारी गर्न जरुरी छ । योजना निर्माणले शिक्षकलाई अध्ययनशिल हुन सघाउँछ ।’’
शैक्षिक प्रक्रियामा शैक्षणिक योजना निर्माण अनिवार्य हो । शुरुशुरुमा निर्माण गर्दा केही कठिन जस्तो देखिए पनि पछिपछि सजिलो हुने टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख दमनसिँह चौधरीले बताउनुभयो । ‘‘निर्माण गर्दा अलि कठिन हुन्छ, तर योजना पहिल्यै बनाएमा पछि शिक्षकलाई धेरै सहज हुन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘हरेक काम योजना बनाएर गर्दा सहज हुन्छ । अझ शिक्षा जस्तो क्षेत्रमा लापरवाही गर्नै मिल्दैन । योजना अनुसार अध्यापन गरेमा विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत सहयोग हुन्छ ।’’
शैक्षणिक योजना निर्माण पश्चात एक प्रति शिक्षा शाखामा राखिने र योजना हेरि आवश्यक सुझाव दिने पालिकाको तयारी छ । यसरी शैक्षणिक योजना पालिकामा समेत बुझाउनुपर्ने भएकालेशिक्षकले शैक्षणिक योजना बनाए, नबनाएको विद्यालयमा गईअनुगमन पनि गरिने चौधरी बताउनुहुन्छ । ‘‘योजना निर्माण पश्चात सिकाइ उपलब्धीमावृद्धि हुनेछ’’, उहाँ भन्नुहुन्छ, ‘‘पालिकालाई विद्यालयको अनुगमन गर्न, योजना बनाउन समेत सहयोग पुग्छ ।’’