टीकापुर, २४ जेठ/ हरेक सरकारले टीकापुरलाई ठग्दै आएपछि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम सांसद ईश्वरी न्यौपानेले संसदमै शिर्ष नेतृत्व प्रति रोष प्रकट गर्नुभएको छ । विकासको सम्भावना भएपनि राज्यको ध्यान नपुगेपछि सबै पार्टीका नेताहरुलाई एक पटक सुदूरपश्चिमको टिकापुर पुगेर त्यस क्षेत्रको वर्तमान अवस्था र विकास निर्माणको सम्भावनालाई नियाल्न र महसुस गर्न निम्तो दिनुभएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरेको आर्थिक बर्ष ०८१/०८२ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा मंगलबार कांग्रेस सांसद न्यौपानेले यसरी निमन्त्रणा गर्नुभएको हो ।
विगतदेखि वर्तमान सरकारसँगै त्यसका अर्थमन्त्रीहरुले सरकारको वार्षिक बजेट विनियोजन गर्दा जहिलेपनि राज्यको नजरबाट पाखा पर्दैआएको सुदूरपश्चिमको टिकापुर र त्यस क्षेत्रमा भएको विकासको सम्भावनालाई अहिले सम्म पनि महसुस गर्न र अपनत्व को भावना जगाउन सक्ने नेतृत्वको दृष्टिकोणको अभावप्रति उहाँको कटाक्ष थियो ।
न्यौपानेले भन्नुभयो , ‘टिकापुर नाम सुन्नु भएकै होला। त्यहाँको व्यवस्थित टाउनप्लान, अहिले पनि औद्योगिक हव, आइएटि हब बनाउन सकिने गरेर छुट्याइएको जमिन, राजा महेन्द्रले आफू विरामी पर्दा समेत त्यहीँबाट शासनसत्ता चलाएको टिकापुर पार्क जहाँको तापक्रम बाहिर भन्दा २ डिग्री कम हुँछ, सतिदेवीको नामले परिचित सत्ती बजारमा स्थित पूर्वाभिमुख पौराणिक शिव मन्त्री, कर्णाली जलासय विकास का पूर्वाधाहरु सबै छ । यो क्षेत्रमा कमि छ त नेतृत्वको दृष्टि र अपनत्वको । पटक पटक जानु भएको छ नेतृत्व वर्ग अन्य कामको लागि तर, यो कुरालाई महसुस गर्न एकपल्ट सबैलाई निमन्त्रणा गर्दछु, मेरो टिकापुर मा ! ’
उहाँले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको नाममा छुट्याइएको १० करोड रुपैयाँको विनियोजन गर्दा पालिका तहमा १३ हजार र वडातहमा १४ सयको दरले वितरण गरेर कस्तो आत्मनिर्भर कार्यक्रम चलाउन लागेको हो भनि प्रश्न गर्नुभयो ।
सांसद न्यौपानेले यो बजेटले साँझ बिहानको जोहो गर्न धौधौ पर्ने परिवारले के पायोरु कहिले महिना पुग्ला र सरकारले दिएको भत्ता बुझेर आफुलाई चाहिने सामानको जोहो आफै गरुँला भन्ने अग्रजले के पाए ?
‘‘ हरेक सरकारले टीकापुर क्षेत्रलाई उपेक्षा गर्दै आएको छ , भएरभरको बजेट बलिया नेताले लैजाने टीकापुरका सांसदले गाली मात्र खाने अवस्था छ ’’ नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष निर्मला कडायतले भन्नुभयो ,‘‘ टीकापुरको उपेक्षा भएपछि सांसद न्यौपानेले टीकापुरको आवाज बोल्नु भएको छ । अरु सांसदले पनि यसरी नै उठाउन जरुरी छ ।’’ विकास बजेटबाट सधै ठगिनुमा स्थानीय सामाजिक नेतृत्व पनि दोषी भएको कडायतको भनाई छ ।
घरमै बसेर चौबिस घण्टामा अठार घण्टा काम गर्ने एउटी गृहणीले के पाईन रु देशका युवा युवतिले के पाए रु देशका कर्णधार बिद्यार्थीले के पाए रु राष्ट्रसेवक कर्मचारीले के पाए रु रातदिन मजदूरी गरेर खाने बर्गले के पाएर शिक्षक,प्राध्यापक, डाक्टरले के पाए रु उद्योग ब्यवसायीले के पाए रु भन्दै प्रश्न गर्नुभयो । ‘‘हरेक सरकारले टीकापुर क्षेत्रलाई उपेक्षा गर्दै आएको छ , भएरभरको बजेट बलिया नेताले लैजाने टीकापुरका सांसदले गाली मात्र खाने अवस्था छ ’’ नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष निर्मला कडायतले भन्नुभयो, ‘‘टीकापुरको उपेक्षा भएपछि सांसद न्यौपानेले टीकापुरको आवाज बोल्नु भएको छ । अरु सांसदले पनि यसरी नै उठाउन जरुरी छ ।’’ विकास बजेट बाट सधै ठगिनुमा स्थानीय सामाजिक नेतृत्व पनि दोषी भएको कडायतको भनाई छ । ‘‘सबै सांसदलाई एक ठाउँमा राखेर ठोस एजेण्डा तयार गर्ने र तयार भएको एजेण्डा लागु गर्न स्थानीय पालिका र सांसदहरुबीच सहकार्य गर्न दबाब दिन जरुरी छ ’’ कडायतले भन्नुभयो ,‘‘ सांसदहरु लाई गाली गर्न सजिलो होला तर विकासका नाममा हुने टीकापुरको फोहरी राजनीति सुधार्न सबैले भुमिका खेल्न जरुरी छ । ’’ हरेक पार्टीका नेताहरु टीकापुर आउछन् तर बजेटका सवालमा कसैले सहयोग गरेको पाइदैन । लम्की खक्रौला सडक खण्ड बर्तमान भौतिक तथा यातायात मन्त्री रघुबिर महासेठको पहलमा र बजार क्षेत्रको सडक र बसपार्क को विकासका लागि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केशी सहरी विकास मन्त्री भएका बेला बजेट परेको हो ।