टीकापुर, १२ कार्तिक/विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालका संरक्षक राजन शर्माले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर २६ मा बनाएको टूष्ट भवनको बास्तु शान्ति र संग्रहालय, पाकशाला,पुस्तकालय को शिलान्यास गर्नु भएको छ ।
आइतबार एक कार्यक्रमका बीचमा शर्माले वास्तु शान्ति र शिलान्याश गर्नु भएको हो । कार्यक्रममा बोल्दै शर्माले टीकापुरलाई योगको शहर बनाउन लाग्नु पर्ने र यसका लागि बालबालिका लाई योग र हिन्दू संस्कार सिकाउनुपर्ने बताउनुभयो ।

योग आश्रमको ट्रस निर्माण बारे जानकारी दिदै योग गुरु दिर्घ गिरीले नगरपालिकाबाट जग्गा प्राप्त गरी २५ लाख जतिको सहयोगमा टूस निर्माण भएको जानकारी दिनुभयो ।
नयाँ भवन निर्माणका लागि रामबहादुर नगार्जीले दश हजार १०५ रुपियाँ चन्दा सहयोग गर्नु भएको छ ।
कार्यक्रममा सानै उमेरमा ४०० घण्टाको योग प्रशिक्षण तालिम पूरा गर्नु भएका प्रिन्स न्यौपाने, लक्ष्मी जैसी, अंशुमाली पुन लगायतले नेपालमा योग प्रशिक्षक उत्पादन गरेर देश विदेशमा योग शिक्षाको प्रसार गर्ने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल र यसका संरक्षक राजन शर्माबाट प्रभावित भएर योग साधनामा लागिरहेको बताउनु भयो । कार्यक्रमका सहभागीलाई बुद्धिबहादुर शाहले स्वागत गर्नु भएको थियो । सञ्चालन मिन बहादुर विकले गर्नु भएको थियो ।