सम्पादकीय
शनिबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आफ्नै पार्टीको एकजना सांसदले बोलेको कुरा रेकर्डबाट हटाउने सहमति गरेका छन् । ति सांसदले एमालेका अध्यक्ष बिरुद्ध भ्रष्टाचारका बारेमा बोलेका थिए । पशुपति जलहरी र कोरोनाकालमा औषधी खरिदमा भ्रष्टाचार भएको कुरा सांसदले उठाएका थिए । एउटा सांसदले संसदमा भ्रष्टाचारका कुरा उठाउँदा ओली र प्रचण्ड मिलेर जनता को प्रतिनीधिले बोलेको कुरा दबाउने काम भयो । यो भन्दा घिन लाग्दो कुरा के होला ? भ्रष्टाचारका बारेमा प्रचण्डले जनतालाई आश्वस्त पार्न सक्दैनन् भन्ने प्रष्ट भएको छ । भ्रष्टाचार कम होस् भन्ने आम जनताको चाहना छ तर सत्तामा बसेका नेताहरु कुरा मात्र गर्छन् । भुटानी सरणार्थी छानविन पनि तुहिने निश्चित हो । अमेरिकाले दबाब दियो र नेताहरुको केही चलेन भने भुटानी सरणार्थी प्रकरणमा केहीलाई सजाय हुन्छ । नत्र प्रचण्डले छानविन तुहाउने निश्चित हो । क्यान्टोनमेण्टमा भएको भ्रष्टाचार र जनयुद्धको हिसाव किताव हुने डरले पनि ठूला दलका नेताहरुसंग प्रचण्ड सम्झौता गर्न बाधय छन् । सबै दलका शिर्ष नेताहरु मिलेर लुट्ने भने गणतन्त्र किन चाहियो ? गणतन्त्रमा चरम व्यतिथी बढेको छ । संसदमा उठेको बिषय त दबाउछन् भने अरु भ्रष्टाचारका मुद्धा कसरी छानविन गर्न सक्छन् ? हरेक भ्रष्टाचारमा ठूला नेता मुछिएको अवस्था छ अनी एक अर्काका बारेमा पोल खोल्न सक्ने कुरै भएन । अब भ्रष्ट नेताहरुले मुलुक हाक्न सक्दैनन् । देशको अर्थतन्त्र संकटमा छ तर नेताहरु लुट्नमा व्यस्त छन् । नागरिक सचेत हुन जरुरी छ । नागरिकले सडक तताउन जरुरी छ ।