संस्थाले बिगारेको टीकापुर कांग्रेस

सम्पादकीय
२०४६ को परिवर्तन पछि टीकापुरमा कांग्रेस बलियो हुनुभन्दा पनि दिनप्रतिदिन द्वन्दमा फस्दै गएको छ । प्रजातन्त्रका केही बर्ष आपसमा मित्रता भएपनि टीकापुर विकास समिति हात परेपछि कांग्रेसमा द्वन्द बढ्दै गएको हो । कोही टीकापुर विकास समिमितको नेतृत्व पाएनौं भनेर रिसाए , कोही जग्गा पाएनौं भनेर रिसाए भने कोही जागिर फलानाको मान्छेले पायो ,म अव्वल भएर पनि पाएन भन्दै गुनासो गर्न थाले । टीकापुर विकास समितिको नेतृत्व लिएपछि टीकापुरको गुरुयोजनालाई व्यबस्थित गर्नुभन्दा पनि जसो जसो हुन्छ त्यसै गर्दै जाने काम भयो । यसरी टीकापुरमा कांग्रेस द्वन्दमा फस्यो तर उम्कन प्रयास भएन । समितिबाट लाभ लिएकाहरु अहिले कांग्रेसप्रति घृणा गर्छन् । कांग्रेसमै भएकाहरु टीकापुरको समाज र कांग्रेसप्रति बफादार छैनन् । समितिमा धेरैजसो नेतृत्व बद्नाम भएको छ । समितिमा नेतृत्व लिनेहरुले पदमा भएकाबेला काम गर्न जानेन् भन्ने आम बुझाई छ तर नेतृत्वमा भएकाहरुले यो कुरा महशुस गर्नु भन्दा मैले धेरैलाई लाभ पु¥याएको छु , म पार्टीमा बलियो भएको छु भन्ने बुझाई छ । अवसर र सुबिधा लिने थोरै थिए नपाउने धेरै छन् । थोरै समर्थनमा भएपनि अधिकांस बिरुद्धमा छन् । यति मात्र होइन टीकापुर बहुमुखी क्याम्पस होस् या बीरेन्द्रमा होस् सबैमा कांग्रेसकै दयामायाले अवसर खाएकाहरुको संख्या ठूलो छ । यो जमात यतिखेर नत हिजो अवसर दिनेहरु प्रति सहानुभुति राख्छ न कांग्रेसप्रति सहानुभुति राख्छ । टीकापुरका अधिकांस संघ संस्थामा कांग्रेसले नेतृत्व ग¥यो । कांग्रेसले नेतृत्व गर्दा हरेकले आफ्ना मान्छेलाई अवसर दिए । यसबेला पनि अवसर नपाएकाहरुको भ्mुण्ड ठूलो हुँदै गयो । कांग्रेस बलियो हुनुभन्दा पनि कमजोर हुँदै गएको छ । कमजोर हुनुको कारण हो कांग्रेसबाट अवसर र सुबिधा खाएकाहरु कांग्रेसप्रति इमान्दार छैनन् नै कांग्रेसको उम्मेदवार उठे हराउन लाग्छन् । यस्तो राजनीतिले कांग्रेस दिनप्रतिदिन कमजोर हुँदै गएको छ । कांग्रेस कमजोर हुँदै छ तर अवसर पाएकाहरुले आफ्नो बारेमा समिक्षा गरेको पाइदैन । कतिपयलाई आफ्नो समाजको धाक छ । यसरी धाक लगाउनेहरुले कांग्रेसका लागि हरेक समुदाय र बर्गका मान्छेको लगानी छ भनेर बुझ्ने प्रयास भएको पाइदैन । आफु बाहेक अरु भए जे पो होस् भनेर कांग्रेसलाई कमजोर बनाउन उद्यत छन् । कांग्रेस कमजोर भएकै कारण टीकापुरको विकास नभएको हो । कांग्रेस एक ढिक्का हुने हो भने टीकापुरको विकास पनि हुन्छ र कांग्रेसले सबैलाई मिलाएर हिड्ने हो भने समग्र टीकापुरको हित हुन्छ । तसर्थ कांग्रेसका इमान्दार मान्छेहरु एक ठाउँमा आउन जरुरी छ । अवसर पाएर पनि बद्नाम भएका नेताहरुलाई सत्तो सराप गर्न जरुरी छैन । उनीहरुको पार्टीमा लगानी छ तर कांग्रेस कमजोर गर्नेमा मात्र समय खर्च गर्छन् भने पाखा पनि लगाउन जरुरी छ । यस्ता बिषयमा युवा पुस्ताले बिचार गर्न जरुरी छ ।