टीकापुर, १० मङ्सिर/सत्ती कृषि सहकारी संस्था लिमिटेड को सातौ बार्षिक साधारण सभा टीकापुर नगरपालिका वडा नं. ७ मा शनिबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष खडक प्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा वडा नं. का अध्यक्ष बलिराम चौधरी रहनुभएको थियो ।
प्रमुख अतिथी न्यौपानेले सहकारीको मेरुदण्ड भनेको सेयरसदस्य भएको र शेयर पुँजि बढाउनु पर्ने बताउनुभयो सहकारी नाफा मुलक संस्था भएपनी सामाजिक क्षेत्रमा समेत आफ्नो उपस्तिथि जनाउन सफल भएको बताउदै स्थानीयको मन जित्न सफल सहकारी भएको बताउनुभयो । सहकारीले अब नाम अनुसार नै कृषि क्षेत्रमा अग्रसर भएर कृषि क्रान्ति गर्नुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि बलिराम चौधरीले स्थापना को ७ बर्षमा नै आफ्नो उपस्थिति जनाउन सफल सहकारी भएको बताउदै लिएको ऋणको सहिसदुपयोग गर्नुपर्ने बताउनुभयो ।

सहकारीका उपाध्यक्ष धर्मराज जैसीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शशी श्रेष्ठ, सामुदायिक सहकारीका अध्यक्ष पल बहादुर बस्नेत, टीकापुर नगरपालिकाका आर्थिक शाखाका नन्द के।सी।, धनसिहपुर कृषि सहकारीका अध्यक्ष धन सिह साउद लगायत ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीबाट ऋण लिएर उद्देश्य अनुरुप सफल कारोबार गर्ने सिद्धार्थ साउँद, जमिन किन्दा सहयोग गर्ने देबु भण्डारी,असल ऋणि भरत बहादुर चौधरी र कुम्भादेबी रावललाई प्रशंसा पत्र र नगद सहित सम्मान गरियको थियो ।
सहकारीको शेयरपुँजी १३ लाख ५० हजार ३ सय रुपैयाँ रहेको छ शेयर सदस्य सङ्ख्या ३ सय ९५ रुपैयाँ रहेको छ भने आर्थिक बर्समा ७० लाख बराबरको कारोबार गरेको र ३ लाख ९ हजार १ सय ६४ रुपैयाँ मुनाफा कमाउन सफल भएको ब्यवस्थापक देबि राम भन्डारि ले बताउनुभयो ।
सहकारीको बार्सिक प्रगती प्रतिबेदन विवरण अध्यक्ष खडक प्रसाद भन्डारि ले प्रस्तुत गर्नुभएको कार्यक्रमको सन्चालन सचिब सुमन तिमिल्सिनाले गर्नुभएको थियो ।
साथै चुनाबी साधारण सभाले अध्यक्षमा सन्जिब कुमार बैध्य लाई निर्बिरोध निर्बाचित गरेको छ भने उपाध्यक्षमा धर्म राज जैसी , कोसाध्यक्ष मा चन्द्र बहादुर शाह सचिब मा सुमन तिमिल्सिना र सदस्य मा राजकुमारी चौधरी, कला चलाउने धामी, समिक्षा सुनार, खेमान सिह पुनमगर, बिमल डगौरा थारु र लेखा सुपरिबेक्षण समितीमा जगत ठकुल्ला र सदस्यमा रेनावती श्रेष्ठ, रामकृष्ण भट्टराइ निर्बिरोध निर्बाचित भएका छन् ।