सत्ती भन्सार कार्यालयको राजश्वमा भारी गिरावट

गणेश क्षेत्री

टीकापुर, २८ अषाढ/कैलाली जिल्ला को टीकापुर नगरपालिकाको दक्षीण पुर्बी नाकाको खक्रौला स्थित सत्ती भन्सार कार्यालयको राजश्व मा भारी गिरावट आएको छ
आर्थिक बर्ष २०७८/७९ मा लक्ष्य को ५२ प्रतिशत मात्रै राजश्व संकलन भयको भन्सार प्रमुख बिमल कुमार साहले बताउनुभयो । २० करोड ५८ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनी असार महिना को २७ गतेसम्ममा पनि १० करोड ६७ लाख ३४ हजार ६ सय ६४ रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।
भन्सार प्रमुख बिमल कुमार साह ले भन्सारको नाका भएर मालसामान कमै मात्रामा आउने तर खुल्ला सिमानाकाको फाईदा उठाएर अबैध रुपमा सामान भित्रीना ले राजश्व संकलनमा गिरावट आएको बताउनुभयो ।
आर्थिक बर्ष २०७७/७८ मा लक्ष्य को १ सय ११ प्रतिशत १५ करोड ८३ लाख ७ हजार ९ सय ८३ रुपैयाँ राजश्व संकलन भएको कम्प्युटर अप्रेटर दिलिप कुम्ँवरले बताउनुभयो ।


श्रावण महिनामा राजश्व लक्ष्य को १ सय ४१ प्रतिशत १ करोड ७२ लाख २० हजार ८ सय ८५ रुपैयाँ संकलन भएको थियो भने भाद्र महिनामा लक्ष्य को १ सय १५ प्रतिशत १ करोड ९० लाख ९ हजार ७ सय ३४ रुपैयाँ राजश्व संकलन भएपनी असोज महिना देखि दिनप्रतिदिन राजश्वमा भारी गिरावट आएको देखिन्छ । असोज महिनामा लक्ष्यको ७३ प्रतिशत अर्थात १ करोड २० लाख ८३ हजार १२ रुपैयाँ , कार्तिक महिनामा लक्ष्य को ६३ प्रतिशत १० करोड ९० लाख ५ हजार ४ सय ४७ रुपैयाँ र मङ्सिर महिनामा पनि लक्ष्यको ६३ प्रतिशत १ करोड १० लाख ९६ हजार १ सय ९४ रुपैयाँ राजश्व संकलन भएको थियो । पौष महिनामा लक्ष्य को ३९ प्रतिशत ६९ लाख ५४ हजार ४ सय १५ रुपैयाँ , माघ महिनामा लक्ष्यको ३७ प्रतिशत ६१ लाख ४२ हजार ३ सय ४३ रुपैयाँ , फागुन महिना मा लक्ष्य को ३८ प्रतिशत ६७ लाख १२ हजार ६ सय १५ रुपैयाँ,चैत्र महिनामा लक्ष्य को २५ प्रतिशत ४५ लाख ६९ हजार ३ सय ८ रुपैयाँ बैशाख महिनामा लक्ष्यको २६ प्रतिशत ४८ लाख ५६ हजार ६ सय ३६ रुपैयाँ , जेष्ठ महिनामा लक्ष्य को ४८ लाख ७२ हजार ८ सय ६३ रुपैया र असारको २६ गतेसम्ममा लक्ष्य को १३ प्रतिशत अर्थात सबैभन्दा कम २३ लाख ११ हजार २ सय १२ रुपैयाँ राजस्व सड्ढलन भएको छ ।
बजारमा भारतिय मालसामान चोरिनिकासी भएर प्रसस्त मात्रामा पाइनु, प्लान्ट क्वारेन्टाइन, पशु क्वारेन्टाइन को स्थापना नहुनु र चोरीपैठारी हुँदा समेत नियन्त्रणमा लिननसक्नाले भन्सारको राजस्व मा दिनप्रतिदिन गिरावट आएको टीकापुर उध्योग बाणिज्य संघ का महासचिव तपेन्द्र स्वाँरले बताउनु भयो । स्वाँरका अनुसार भन्सार ले सुरक्षाकर्मी परिचालन प्रभाकारिरुपमा गर्नुपर्ने बताउनुभयो ।
भारतिय बजार बाट आयात हुने बस्तुमा लत्ता कपडा,हार्डवेयर, मोटर पार्टसका सामान,ईटा भट्टामा कोइलाको सट्टामा प्रयोग हुने गट्टु रहेका छन् । तर सबैभन्दा बढि आयात हुने लत्ताकपडा असोज को महिना बाट आयात नभएको अवस्था भएको कम्प्युटर अप्रेटर दिलिप कुँवरले बताउनुभयो ।
भन्सार भएर आयात नभएपनि अबैध नाका भएर दिनप्रतिदिन चोरी पैठारी बढिरहेको भन्सार प्रमुख बिमल कुमार साहले बताउनुभयो । भन्सार छली भएर दिनप्रतिदिन मालसामान भित्रीदा भन्सार ले के कति सामान जफत गर्यो भनेर तथ्यांक माग्दा नायब सुब्बा तुलसिराम चौधरी ले बिबरण दिन नसक्ने बताउनुभयो । यो सम्बन्धमा भन्सार प्रमुख बिमल कुमार साहलाई सोध्दा राष्ट्रको चौथो अंगले हिसाब माग्दा दिनुपर्ने बताउदै चोरि पैठारि नियन्त्रण गर्न सबैले प्रभाबकारी भुमिका खेलिदिन आग्रह गर्नुभयो ।
चौगुर्दी , मरियाघाट , श्रीलंका , डाक्टर घाट गुलरिया घाट बाट लत्ता कपडा ,हार्डवेयर , खाध्यान्न लगायतका सामान को तस्करी बढिरहेको स्थानीय बताउछन् ।