सदगुरुदेव सत्पाल जी महाराजको जन्मोत्सव रक्तदान र चित्रकला प्रतियोगिता कार्यक्रम

टीकापुर, ३० भाद्र/मनव धर्मका प्रणेता सद्गुरुदेव सतपाल जी महाराजको ७३ औँ जन्मोत्सव को अवसरमा शनिबार टीकापुरमा कार्यक्रम गरिएको छ ।
नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र शाखा टीकापुरले महाराज को जन्मोत्सवको अवसरमा रक्तदान र चित्रकला प्रतियोगिता र सत्सँग कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमबाट १४ पिन्ट रगत संकलन भएको छ । भने चित्रकला प्रतियोगितामा अनुजा चौधरी प्रथम, सुष्मा बोगटी द्धितीय, मानव राना तृतीय, केनिश राना सान्तवना भएका छन् । प्रतियोगितामा १५ जना सहभागी थिए ।
मानव धर्म सेवा समितिका सेती क्षेत्र प्रमुख क्षमा वाइजीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लक्ष्मण चौधरीले चालु आर्थिक वर्षका योजनामा मानव धर्मको भौतिक पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरेको बताउनुभयो ।


‘‘सबैको सहयोगमा संस्थामा केही विकास भएको छ । यसपटक मैले नेतृत्व गरेको मन्त्रालयले केही बजेट उपलब्ध गराउनेछ’’, उहाँले भन्नुभयो, ‘‘मानिसलाई कलतबाट जोगाउन, आध्यात्मिक ज्ञानबाट टाढा रहेकालाई मानव धर्मले सेवा गरिरहेको छ । टीकापुरलाई धार्मिक क्षेत्र, आध्यात्मिक क्षेत्रका रुपमा चिनाउन आवश्यक छ । यसका लागि धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्नुपर्छ । ’’
कार्यक्रममा सुदूरपश्चिमका निवर्तमान प्रदेश सभा सदस्य उमादेवी वादीले मानव धर्ममा भेदभाव नभएको, महिलाको स्थान उच्च रहेको बताउनुभयो ।
‘‘जसले मानवको काम गर्छ त्यही मानव धर्म हो’’, उहाँले भन्नुभयो, ‘‘यहाँ आएपछि असल कर्म गर्न सिक्न सकिन्छ ।’’