सन्त निरंकारी मण्डलको सत्संग भवन तथा शैक्षिक गुठीको निरिक्षण

टीकापुर, २९ मंसिर/सन्त निरंकारी मण्डल मिशनका अन्र्तराष्ट्रिय विदेश विभाग प्रमुख विनोद बोहराले टीकापुरमा सन्त निरंकारी मण्डलको सत्संग भवन तथा सन्त निरंकारी आर्दश विद्या मन्दिर शैक्षिक गुठीको निरिक्षण गर्नु भएको छ ।
निरिक्षण पश्चात अन्र्तराष्ट्रिय मिसन विदेश विभागका प्रमुख विनोद बोहराले सत्संग कार्यक्रम लाई सम्बोधन गर्दै मानवले अज्ञानताको कारण विभिन्न गलत धारणा र सँस्कारमा विश्वास गर्ने भएकाले ज्ञानको ज्योतीको लागि शिक्षामा सबैको पहुँच हुनुपर्ने बताउनुभयो ।
उहाँले मावन जिवन स्वार्थ रहित व्यतित गर्नुपर्ने र आफ्नो क्षमताको पहिचान गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।


उहाँले असल संगत र नियतले सत् गुरु र ज्ञान प्राप्ती हुने भएकाले सत्गुरुको आर्दशलाई आत्मसाथ गरेर जिवन धान्य बनाउनु पर्ने बताउनुभयो । वैज्ञानिक तथा आधुनिक युगमा समेत ज्ञान प्राप्तिको लागि गुरुको शरणमा जानु पर्ने भएकाले ज्ञान प्राप्तिको लागि ध्यान गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका प्रमुख नर बहादुर रावलले विश्व अशान्ति तर्फ गैरहेको बेला सन्त निरंकारी मण्डलले सत्संग र ज्ञान फैलाइ रहेको बताउनुभयो । उहाँले मानव विच विश्वबन्धुत्व, सत्मार्ग दिने काम निरंकारीले दिइरहेको बताउनु भयो ।
कार्यक्रममा सन्त निरंकारी मण्डल टीकापुरका मुखी महादेव भण्डारी, नर बहादुर बटाला लगाएतले प्रर्वचन दिनु भएको थियो भने कार्यक्रम संचालन दिपक रावल र प्रकाशमान ठकुल्ला ले गर्नुभएको थियो ।
सन्त निरंकारी मण्डल मिशनका अन्र्तराष्ट्रिय विदेश विभाग प्रमुख विनोद बोहराले मंगलबार कैलालीको अत्तरिया, ओलानी, बर्दगोरियामा रहेको सडकपुर बौनिया, सुखड लगायतमा रहेका सत्संग भवन तथा शैक्षिक गुठीको निरक्षण गर्नुभएको थियो भने बुधबार बार्दियाको ताराताल, बांकेको नेपालगन्ज र कोहलपुरमा रहेको बनियाभार र सुर्खेतमा निरिक्षण गर्नुभएको सन्त निरंकारी मण्डल नेपालका प्रमुख नर बहादुर रावलले जानकारी दिनुभयो ।