सन्त निरंकारी मण्डल नेपालद्वारा राहत वितरण

टीकापुर, १२ असोजर/मानिस को मानिस हुन प्यारा, एक–अर्काको बनुन् सहाराको मूल मन्त्र’ लाई आत्मसाथ गर्दै सन्त निरंकारी मण्डल नेपालद्वारा राहत वितरण गरिएको छ । सन्त निरंकारी सत्संग भवन टीकापुरमा आयोजित राहत वितरण कार्यक्रमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले वडा नं। २ का उच्च जोखिममा परेका पाँच घर परिवारलाई राहत स्वरुप चामल, दाल, नून वितरण गर्नु भएको थियो ।


उक्त अवसरमा उहाँले यो सानो राहतले पीडित पक्षलाई ठुलो रुपमा नभएपनि सानो सहयोग पुग्ने बताउँदै जबदेखि नेपालमा सन्त निरंकारी मण्डल को स्थपाना भयो त्यस समयदेखि विभिन्न क्षेत्रमा सहयोग वितरण गर्दै आइरहेको स्मरण गराउनु भयो ।
गत भदौ ३० र ३१ गते भएको अविरण वर्षाका कारण भजनी नगरपालिकामा बाढीले प्रभावित व्यक्तिहरुलाई राहत वितरण गरियो त्यही क्रममा आज टीकापुर नगरपालिका वाड नं। २ का अति जोखिम र धेरै प्रभावित भएका पाँच घर परिवारहरुलाई राहत स्वरुप चामल, दाल, नून आदि वितरण गरिएको हो । त्यस्तै यहि असोज ९ गते अछामको विनायक, ढकारी, तुर्माखादमा पहिरोबाट ८ जना परिवार पहिरोले ढाकिएर २२÷२३ जनाले ज्यान गुमाउनु परेको थियो, त्यस ठाउँमा सन्त निरंकारी मण्डल नेपालका अछाम जिल्लाका संयोजक जय बहादुर साउँद मार्फत राहत पठाएर ज्ञान प्रचारक नर बहादुर खड्का र स्थानीय सरकारका प्रतिनिधिहरुको रोहवरमा त्यहाँका पीडित परिवारलाई करिब रु। ९१ हजार ६ सय रुपैयाँ बराबारको राहत हस्तान्तरण गरिएको जानकारी गराउनु भयो ।

टीकापुर नगरपालिका वडा नं। २ का वडा अध्यक्ष दीपक चौधरीले उच्च जोखीममा परेका व्यक्तिहरुको पहिचान गर्नको लागि नेपाल रेडक्रस टीकापुर, टीकापुर वडा नं २ का भोलेन्टर, टीकापुर कार्यपालिकाको रोहवरमा सर्वे क्रममा पाँच घर परिवार उच्च जाखिमा परेको थाह भएपछि तिनीहरुको सहयोगको लागि सन्त निरंकारी मण्डल नेपाललाई आग्रह गर्दा उहाँहरुले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार गरेपछि आज यो राहत सामग्री बितरण गर्न लागिएको बताउनुभयो ।


उहाँले सन्त निरंकारी मण्डलले नेपालमा विभिन्न क्षेत्रमा समय/समयमा गर्दै आएको सहयोगको प्रशंसा व्यक्त गर्दै जुन रुपमा सन्त निरंकारी मण्डलले आज विश्व मा विभिन्न दैविय प्रकोप बाट पीडित मानवहरुलाई मानविय सहायोग लागि अग्रिणी भूमिका निभाउँदै आइरहेको छ, त्यो प्रेरणा हामी सबै मानव जातिमा पनि जागृत हुनुपर्नेमा जोड दिनुभयो ।
वडा नं २ का विपत समिति का सदस्य हेमन्त रावलको विशेष पहलमा कार्यक्रमलाई अगाडि बढाउन सकेकोमा धन्यवाद दिदै आउँदा दिनहरुमा सम्पूर्ण संघ÷संगठन, बुद्धिजीवी, सहयोगी दातालाई वढी पीडितहरुलाई चाँडोभन्दा चाँडो सहयोग गर्न अपिल समेत गर्नु भयो ।


राहत वितरण कार्यक्रममा सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, पूर्व शिक्षक तथा समाजसेवी बल बहादुर रावल, उद्योग व्यवसायी हेमन्त रावल, सेवादल शिक्षक बजिर सिंह, चन्द्र सिंह, भवन सिंह, लाल बहादुर रावल, तेज बहादुर बोहरा लगायत स्थानीय सन्तहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालले गर्नुभएको थियो ।