दाङ्ग, ६ असोज/सन्त निरंकारी मण्डल नेपालको ३५ औं वार्षिक साधारण सभा तुल्सीपुर उपमहानगरपालिकाका नगरप्रमुख श्री टीकाराम खड्का को प्रमुख आतिथ्तामा, तुल्सीपुर उ.न.पा.,को तुल्सीपुर सत्संग भवन दाङ्ग मा सुसम्पन्न भएको छ ।
उक्त कार्यक्रमको सभाध्यक्ष सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष श्री नर बहादुर रावल रहनु भएको थियो भने विशिष्ट अतिथिको रुपमा प्रदेश सभा सदस्य माननीय रेखा शर्मा र पूर्व माननीय तथा चर्चीत गायीका श्री कोमल ओली रहनु भएको थियो । सनिम नेपाल का कार्य–समिति पदाधिकारी, सल्लाहकार समिति सदस्य, प्रमुख, मुखी, ज्ञान–प्रचारक, सेवा दल क्षेत्रीय संचालक, संचालक, संचालिका, मिडियाकर्मी तथा अन्य जिम्मेवार महापुरुष तथा आमन्त्रित अतिथिहरुको उपस्थिती रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा सन्त निरंकारी मण्डल नेपालले गरेका आध्यात्मिक तथा सामाजिक कार्यक्रमहरुलाई वार्षिक प्रतिवेदन लाई यस वार्षिक साधारण सभामा सन्त निरंकारी मण्डलका केन्द्रिय सचिव अनिल महर्जनले पेश गर्नु भएको थियो साथै आर्थिक वर्ष २०८०/८१ को विनियोजित र वास्तवीक तथा चालु आ।व। २०८१/०८२ को अनुमानित आय विवरण सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय कोषाध्क्ष कृष्ण कन्हैया पाठकले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्री टीकाराम खड्काले सभाको सफलताको कामना व्यक्त गर्दै सन्त निरंकारी मिशन मानवताको पाठ पढाउने विशद्ध मार्ग हो र सो मार्गमा सबै लाग्न प्ररेणा दिनुभयो । त्यसै गरी पूर्व माननीय कोमल ओली र लुम्बीनी प्रदेश सभा सदस्य माननीय रेखा शर्मा ले पनि उक्त कार्यक्रम को बधाई एवं सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
अन्तमा कार्यक्रमका सभा अध्यक्ष तथा सन्त निरंकारी मण्डलका अध्यक्ष श्री नर बहादुर रावलले सम्पूर्ण महात्मा एवं अगन्तुक अतिथिलाई धन्यवाद व्यक्त गर्दै मिशनको परिचय दिंंदै भन्नुभयो । सन्त निरंकारी मिशन कुनै धर्म या सम्प्रदाय नभई यो एक विशुध्द आध्यात्मिक बिचारधारा हो । ईश्वर एक छ सर्वत्र व्याप्त छ भन्ने कुरालाई समयका सत्गुरुको माध्यम बाट जान्न सकिन्छ भन्ने मिशनको मूल मान्यता रहेको छ । हामी सबै एउटै ईश्वरका सन्तान हौं,ईश्वरको ज्ञानले मानवमा विश्वबन्धुत्व, मानवता कायम गर्ने लक्ष्य रहेको छ । उहाँले अगाडी भन्नुभयो यस सन्त निरंकारी मिशनको स्थापना ई.सं. १९२९मा पेशावर (वर्तमान पाकिस्तान) मा भएको थियो, जहाँ सत्गुरु बाबा बुटा सिंह जीले ब्रम्हज्ञानको ज्योति दिएर जिज्ञासुहरुलाई यस निराकार परमात्माको दर्शन गराउन भएको हो ।
नेपालमा भने वि।सं। २०२० सालदेखि सुदर–पश्चिम प्रदेशको अछाम जिल्लाबाट सन्त निरंकारी मिशनको सत्संग शुरु भएको जानकारी गराउदै उहाले भन्नु भयो, नेपालमा सन्त निरंकारी मण्डल नेपालको नामबाट संस्था दर्ता ऐन २०३४ दफा ४ बमोजिम दर्ता नं.०९१/०४७/०४८ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई वि।सं। २०५२ सालमा समाज कल्याण परिषदमा समेत आबध्द भएको उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य स.नि.म.का केन्द्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर पन्थले राख्नु भएको थियो । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सहसचिव श्री नर बहादुर वि।क।ले गर्नुभएको थियो ।