समाजमा अराकजता बढ्दै

सम्पादकीय
पछिल्लो समय नेपाली समाजमा अराजकता बढ्दै गएको छ । यसको एउटै कारण हो राजनीतिको आडमा भएको चरम लूट्पना । नेताहरु देश र जनताका लागि काम गर्नुभन्दा आफ्नालाई मोटाउन तल्लिन भए । राजनीतिमा दिन प्रतिदिन अबिश्वास बढ्दै गएको छ । गणतन्त्र आएपछि नागरिकमा चरम असन्तुष्टि छ । यही असन्तुष्टिले नागरिकले पनि आफ्नो आवाज अराजकता मार्फत देखाउन थालेका छन् । सोमवार काठमाण्डौको टुडिखेलमा गौरा पर्ब मनाउने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाप्रति भएको होहल्ला अराजकता हो। युवाहरुले गरेको प्रदर्शनलाई सभ्य समाजमा कसैले पनि राम्रो भन्दैन । चाडबाडमा नेपालीहरु सबै तितोपीरो बिर्सेर खुसी हुने चलन छ । तर टुडिखेलमा भएको व्यबहारबाट नेताहरुले पाठ सिक्न जरुरी छ । जनताको आक्रोस किन हो भनेर घोत्लिन जरुरी   छ । जनताहरुले नारावाजी गरेपछि सत्तामा पुगेको बिर्सन भएन । यही नेपाली जनता राजाका बिरुद्ध मर्न तयार भएर सडमा उत्रिएर नेताहरुलाई साथ दिएको कुरा बिर्सने तर अराजक भएको मात्र बुझ्ने हो भने नेताहरुले सम्मान पाउँदैनन् । नेता हौं राम्रो गर , बेथिति बढ्यो र रोजगार पाएनौं भनेर आक्रोस पोख्ने ठाउँ पनि देखाइ दिनुप¥यो हैन भने युवाहरुलाई तथानाम भनेर केही हुँदैन । कोही कसैको नियन्त्रणमा छैन । ठूलाले सानालाई हेप्ने अनी साना पनि के कम भाडभैलोमा रमाउन थालेका छन् । भाडभैलोका कारण अबिश्वास बढ्दै गएको छ । सत्तामा बसेका नेताहरुले इमान्दार कार्यकर्ता भन्दा पनि भ्रष्ट र लोभी कार्यकर्ताको कुरा सुनेर चरम गुटबन्दीमा लागेका छन् । जनता सचेत नहुने हो भने नेताहरुको स्वच्छेचारी बढ्दै जाने निश्चित छ । देश र जनताका बारेमा कम र आफ्नो स्वार्थमा बढी लिप्त भएपछि पछिल्लो समय मुलुक दल्दल्मा फस्दै गएको छ । नागरिकले आवाज उठाए बोली बन्द गर्ने प्रयास भइरहेको छ । मनपरीतन्त्र हावी भएपछि नागरिक पनि अराजक हुनु स्वभाविकै हो । नागरिकको गुनासो सुन्ने प्रयास भन्दा आफ्नो एकहोरो कुरा सुन भन्ने भावनाको विकास नेतामा भएको छ । नेताहरुले आफ्नो व्यबहार र शैली सुधार्न जरुरी छ ।