सर्जु ५२ जातको धान खेती गर्दा किसान सजक हुनु पर्छ: प्राविधिक

टीकापुर, ५ जेठ/टीकपुर नगरपालिका र जानकी गाउँपालिका का अधिकाँस किसानहरुको रोजाइमा पर्ने धानको जात सर्जु ५२ हो । यो धानको उत्पादन अन्य धानको तुुलनामा केहि राम्रो रहेकोले धेरै किसानहरु सर्जु ५२ जातको धान खेती गर्ने गरेका छन् । किसानको रोजाईमा पर्ने जात भए पनि यसका रोग किराको प्रकोप देखा पर्ने समस्या रहेको र नेपालमा प्रयोगको लागि सुचिकत भइृ पञ्जिकरण मात्र भएकोले किसानहरु सजक भई खेती गर्न कृषि प्राविधिकाद भनाई रहेको छ ।
किसानको रोजाईमा पर्ने धानको जात सर्जु ५२ हो । यो जातको धान टीकापुर नगरपालिका र जानकी गाउँपालिका लगाएत कैलाली र कञ्चनपुरमा धेरै किसानहरु रोप्ने गरेका छन् ।अन्य जातका धानको तुलनामा सर्जु ५२ धानको उत्पादन बढी हुने भएकाले यो धानखेतीमा वर्षौँदेखि खेती हुदै आएको हो । तर सर्जु ५२ जातको प्रजनन बीउको स्रोत भारत रहेको र अहिले पन्तनगरलाई मुल स्रोतको बीउ मानेर खेती गर्दा अहिले रोग किराको समस्या देखा पर्ने भएकाले किसानहरु सचेत हुनु पर्ने क्षेत्रिय बिउभिजन प्रयोगशाला कञ्चनपुरका प्रमुख सिद्ध राज उपाध्यायले बताउनु भयो ।


सर्जु ५२ जातको धान २०७६ सालमा नेपालमा खेती गर्नका लागि सिफारिस भएकोे जात हो । सर्जु ५२ नेपालमा विकसित भइ उन्मोजन जात नभई प्रयोग को लागि सुचिकृत भएको जात हो । नेपालमा केहि परिक्षण पश्चात पञ्जिकरण भई खेती गर्ने सिफारिस भएको हो । किसानको रोजाईमा पर्ने जात भए पनि नेपालमै विकसित भई उन्मोचित जात नभइकोले केहि रोग किराको प्रकोपको समस्या आए जवाफदेहि केहि नहुने अवस्था सिर्जना हुने अवस्थता आउन सक्ने उहाँले बताउनु भयो ।
सर्जु ५२ जातको धानको मुल तथा प्रजनन बिउको स्रोत भारत हो । मुल तथा प्रजनन बिउ नपाउदा यहाँ केहि वर्ष सम्म एउटै बालीको प्रयोग गर्दा त्यसको जातियता शुद्धता तथा गुणस्तरमा ह्रास आउने गर्दछ । धानको बीउ उत्पादनको हिसाबले ४ वर्ष सम्म मात्र बीउको रुपमा प्रयोग गर्न सकिनेले धेरै वर्ष भएमा रोग किराको प्रकोप देखा पर्दछ । मुल तथा प्रजनन बीउको अभाव सँगै रोग किराको संक्रमण भन्दा नेपालमै उन्मोचित भएको नयाँ जातको बारेमा जानकारी गराउदै किसानलाई नेपाली उत्पादनको जातको खेती विस्तार गर्दै उत्पादकत्व बढाउन आग्रह गर्नु भयो ।
‘‘भूमिसुधारले वि।सं। २०२१ सालमा दिएको जग्गा नदीले कटान गरेपनि अहिले धार परिवर्तन गर्दा जग्गा जोगिएको प्रष्ट देखिन्छ,’’ चौधरीले भन्नुभयो, ‘‘जग्गा नापी गगराइदिन अदालत जो तयारीमा छौँ ।’’ २०६५ सालसम्म जग्गा प्रयोग गर्दै आएको चौधरीको भनाइ छ । पीडितहरु अदालत जानु भन्दा पहिला राजनीतिक दल र स्थानीय पत्रकारलाई समस्या का बारेमा जानकारी गराएको उनीहरुको भनाइ छ ।