सशस्त्र प्रहरी टीकापुर शिक्षालयको स्थापना दिवस

टीकापुर, ११ माघ/टीकापुर स्थित सशस्त्र प्रहरी बल, नेपाल  राजश्व तथा औद्योगिक तालिम शिक्षालयको बिहिवार २२ औं स्थापना दिवसको अवसरमा कार्यक्रम भएको छ  । कार्यक्रममा प्रमुख अतिथि एंब सशस्त्र प्रहरी सुदुरपश्चिम प्रदेशका बाहिनीपति डिआइजी दिपक अधिकारीले  स्थापना दिवस मनाउने संस्कृति अनुसार टीकापुर मा २२ औं दिवस मनाइरहेको बताउनुभयो ।
उहाँले स्थापना कालमा गणका रुपमा र अहिले शिक्षालयका रुपमा स्थापित यस संस्थाले नियमित काम बाहेक बिभिन्न कार्यक्रममा सहभागि भई प्रहरी को मनोबल उच्च बनाएको बताउनुभयो । ‘‘बदलिदो सुरक्षा चुनौतीसंग सामना गर्न आवश्यक छ ,’’ डिआइजी अधिकारीले भन्नुभयो ,‘‘  अनुसाशन हुन  जरुरी छ ।’’ अरु सुरक्षा निकाय भन्दा सबै भन्दा कान्छो निकाय भएपछि राम्रो काम गर्दै आएको छ भन्दै अधिकारीले प्रदेश र स्थानीय सरकारसंग समन्वय  गरेर काम गरिरहेको बताउनु भयो । उहाँले समय सापेक्ष काम गर्न पनि निर्देशन दिनुभयो । कार्यक्रममा स्थापना दिवसका अवसरमा भएका खेलकुद प्रतियोगितामा बिजयी खेलाडी लाई प्रमाणपत्र तथा पुरस्कार  वितरण गरिएको थियो । भलिबल , फुटबल, व्याडमेण्टिन, कबिता प्रतियोगिता गराइएको थियो । टीकापुरका सामुदायिक बिद्यालय मा अध्ययन गर्ने एसइई परिक्षा २०८०मा उत्कृष्ट हुने एकजना लाइ सम्मान गरिएको थियो । टीकापुर १ स्थित कर्णाली मावि की ममता उपाध्यायलाई सम्मान गरिएको हो ।
यसै गरी शिक्षालयमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान  गरिएको थियो ।  एसपी इश्वरी दत्त भट्ट, प्रहरी निरिक्षक सुरेश प्रशाद चलाउने, भुपेन्द्र पाल लगायतलाई सम्मान गरिएको हो ।
सशस्त्र प्रहरीका पूर्ब एसएसपीहरु मदन सिंह बिष्ट र हर्कबहादुर        रावल, नगर प्रमुख रामलाल  डगौंरा थारु , जाकनाीका अध्यक्ष गणेश थारु , टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढबिन्द्र रावल लगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।
कार्यक्रममा शिक्षालयका प्रमुख एसएसपी नरेन्द्र सेनले सबैलाई धन्यवाद दिंदै संस्थाले गरेका कामको चर्चा गर्नुभएको थियो । उहाँले शिक्षालयले गर्ने नियमित तालिम बाहेक लागु औषध नियन्त्रणका साथै सामाजिक काममा सहभागि भएको बताउँनु भयो । ‘‘यही संस्थामा ६ बर्ष पहिला एसपी भएर काम गर्दा र अहिले एसएसपी भएर काम गर्ने मौका पाएको छु ,’’ सेनले भन्नुभयो,         ‘‘ रेडक्रसंगको समन्वयमा रक्तदान कार्यक्रम, बिभिन्न मठ मन्दिर लगायत अन्य सस्थासंगको सहकार्यमा सरसफाईको काम गर्दै आएका छौ ।’’
कार्यक्रम सञ्चालन प्रहरी निरिक्षक खेमराज जोशीले गर्नुभएको थियो ।  कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।
२०५९ सालमा ससस्त्र प्रहरी उग्रतारा गणका रुपमा स्थापित भएको थियो । २०७५ साल जेठ २७ गते मन्त्रीपरिषदको निर्णय अनुसार समायोजन भइ २०७५ साल माघ २० गते नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालय का रुपमा परिणत भएको हो ।