टीकापुर, १९ फागुन/टीकापुर अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर सञ्जयकुमार दासले साढे ४ वर्षमा २ हजार बढी शल्यक्रिया गर्नुभएको छ । डाक्टर दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएका २ हजार बढी महिलालाई शल्यक्रिया सेवा दिनुभएको हो । डाक्टर दासका अनुसार नर्मल सुत्केरी ३ हजार बढी गराउनुभएको छ ।
टीकापुर अस्पतालमा हरेक महिना डेढ सयदेखि २ सयसम्म महिला सुत्केरी सेवा लिन आउँछन् । जसमा सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डाक्टर दासको भनाइ छ ।
समाजसेवी भुवनेश्वर अधिकारी ले टीकापुर अस्पतालमा डाक्टर दासले पु¥याएको योगदानलाई सहना गर्नै पर्छ भन्नुभयो । ‘‘यत्रो संख्यामा शल्यकृया गर्नु सामान्य कुरा होइन, नगरपालिकाले डाक्टर उपलव्ध गराएर पुर्याएको योगदान पनि सकारात्मक छ’’, अधिकारीले भन्नुभयो, ‘‘स्वास्थ्य क्षेत्रमा नागरिक सचेत भएको प्रमाण पनि हो यो ।’’
यसबाहेक अस्पतालमा सातामा २ देखि ३ जना महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ । यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ । ल्याप्रोस्कोपी प्रविधिबाट अहिले सम्म ८ जनाको शल्यक्रिया गरिएको डाक्टर दासले बताउनु भयो ।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघर सम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिलाहरु उपचारमा आउने गरेका छन् । ‘‘कहिलेकाही एकै दिन ७ वटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ । सुदूरपश्चिमको टीकापुर अस्पतालमा सुत्केरी सेवा राम्रो हुँदै गएको छ’’, उहाँले भन्नुभयो, ‘‘हामीले सुत्केरी सेवा मात्र होइन, पाठेघरको समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा संक्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाहरु लाई उपचार सेवा दिने गरेका छौँ । ’’ अस्पतालमा स्त्री रोग सेवा पाइने भएपछि बिरामीलाई राहत भएको छ ।
डाक्टर दासले टीकापुर अस्पतालमा सेवा दिदा बिपन्न बर्गले धेरै राहत पाएको स्थानीय बासु थरुनीले बताउनुभयो । ‘‘मेरो बुहारीको अवस्था खतरा थियो , बाहिर लैजान हामीसंग पैसा थिएन ,टीकापुर अस्पतालमा अप्रेसन गरेर बच्चा जन्मियो, ‘‘बासुले भन्नुभयो,‘‘धेरै गरिबको पैसा बचत भएको छ ।’’ उहाँले पहिले उपचार नपाएर मर्नुपर्ने या बाहिर लैजानुपर्ने बाध्यता डाक्टर दासको कारण हटेको बताउनुभयो ।
टीकापुर नगरपालिकाले स्त्रीरोग विशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले कम खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीय स्तरमै पाउन थालेका हुन् । स्त्री रोग विशेषज्ञ डाक्टर दासले दैनिक ७० जनादेखि ८० जनासम्म महिलालाई उपचार सेवा दिने गर्नुभएको छ ।
सुत्केरी सेवा त्यसै पनि जटिलता हुन्छ । अझ कहिलेकाहीँ जटिल समस्या भएका बिरामी आउने गरेका छन् । ३ दिनअघि बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ । ‘‘बच्चाको नाभी र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो, यस्ता घटनामा आमा बच्चा दुबैलाई जोखिम हुन्छ’’, डाक्टर दासले भन्नुभयो,‘‘हाम्रा लागि बच्चा र आमा बाचेमा खुशी मिल्छ । हामीले दुबैलाई बचाउन सक्यौँ । ’’
अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिका बाट जटिलता भएकाहरु सुत्केरी सेवा लिन आउने गरेका छन् ।
उपचार सहज रुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि बेडको अभाव हुन थालेको अस्पतालको भनाई छ ।
समाजसेवी भुवनेश्वर अधिकारी ले टीकापुर अस्पतालमा डाक्टर दासले पु¥याएको योगदानलाई सहना गर्नै पर्छ भन्नुभयो । ‘‘यत्रो संख्यामा शल्यकृया गर्नु सामान्य कुरा होइन, नगरपालिकाले डाक्टर उपलव्ध गराएर पुर्याएको योगदान पनि सकारात्मक छ’’, अधिकारीले भन्नुभयो, ‘‘स्वास्थ्य क्षेत्रमा नागरिक सचेत भएको प्रमाण पनि हो यो ।’’