टीकापर,२८अषाढर/ साथी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालाीको ५ औ बार्षिकोत्सव सोमवार मनाइएको छ । अस्पतालका अध्यक्ष शंकर प्रशाद शर्माको सभापतित्वमा भएको बार्षिकोत्सवमा ओमकृष्ण अस्पतालका अध्यक्ष कृष्ण प्रशाद बजगाई प्रमुख अतिथि रहनुभएको थियो ।
` प्रमुख अतिथि बजगाईले नीजि अस्पताल आपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै टीकापुरमा बिशषेज्ञ डाक्टर बस्ने वातावरण बनाउन पनि नीजि अस्पताल थपिन जरुरी भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई बलियो बनाए मात्र यस क्षेत्रका नागरिकले सुरक्षित भएको महशुस गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले टीकापुर अस्पतालमा बिशेषज्ञ डाक्टर टिकाउन नीजि अस्पताल बलियो हुन जरुरी छ भन्नुभयो । टीकापुर अस्पतालमा आउने डाक्टरले नीजि क्षेत्रबाट सञ्चालित अस्पतालमा काम गर्ने वातावरण छ छैन बिचार गरेर आउछन् ,’’ अधिकारीले भन्नुभयो ,‘‘ सरकारी अस्पताल र नीजि अस्पतालले स्वस्थ प्रतिस्प्रधा गर्नुपर्छ । ’’ उहाँले बिपन्नले सेवा लिने भनेको सरकारी अस्पतालमा हो तर बिशेषज्ञ डाक्टरको सेवा नपाउने हो भने त्यो अस्पतालको के अर्थ हुन्छ भन्दै स्वास्थ्य क्षेत्र बलियो बनाउन स्थानीय सरकार जिम्मेवार हुनुपर्छ भन्नुभयो । ‘‘स्थानीय सरकारले नीजि अस्पतालका समस्या बुझ्ने र सरकारी अस्पताल र नीजि अस्पताल बिच समन्वय गरेर प्रभावकारी स्वास्य सेवा दिने रणनीति बनाउन जरुरी छ । ,’’ अधिकारीले भन्नुभयो । अस्पतालका प्रबन्ध निर्देशक नगेन्द्र बहादुर शाहीले अस्पताल को अवस्था र सेवा बारे जानकारी गराउनुभएको थियो ।
अस्पतालका अध्यक्ष शर्माले नीजि अस्पताल होस् या अन्य उद्योग संरक्षण गर्नु स्थानीय सरकारको पहिलो कर्तव्य भएपनि खासै सहयोग नपाएको बताउनु ंभयो । उहाँले स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन सरकारी अस्पतालले मात्र नसक्ने भएकाले हामी सहयोगिका रुपमा आएका हौं भन्नुभयो ।
‘‘५ बर्ष भयो साथीहरुको पसिनाको कमाई लगानी भएको एक रुपैयाँ नाफा लिएका छैनौं,पवित्र भावनाले सेवा दिएको अस्पताल प्रति यस क्षेत्रका नागरिकले बुझ्न जरुरी छ । ’’ शर्माले भन्नुभयो ।
कार्यक्रममा बिगत ५ बर्ष देखि सेवा दिएका कर्मचारीलाई सम्मान गरिएको थियो । मुकेश श्रीवास्तव, नरबहादुर बोहरा, शोभा चन्द ,सुष्मा लुईटेल ,ओम प्रकाश चौधरी,लिला चौधरी , कमला चौधरी, शेरबहादुर बिष्ट र महासिंह नाथलाई कदर पत्र सहित सम्मान गरिएको हो । कार्यक्रम सञ्चालन दिनेश देवकोटाले गर्नुभएको थियो । साथी अस्पतालले एक बर्षमा ८ हजार ३ सय ८० जनालाई ओपिडी सेवा दिएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्ने नीति अनुसार करिब २ लाख रुपैया बिरामीलाई छुट गरेको जनाएको छ ।