सम्पादकीय
नेपालमा सामाजिक अगुवा बन्न केही गर्नुपर्दैन केवल बेरोजगार भए पुग्छ । कोही बेरोजगार त कोही रिटायर जीवन सामाजिक काममा लगाउन भन्दै संघसंस्थामा नेतृत्व खोज्न दौडधुप गर्छन् । सामाजिक लगानीको अर्थ केही थाहा छैन । सामाजिक अगुवाको अर्थ संघसंस्थामा नेतृत्व लिने र मनपरी गर्नु रहेछ । त्यसै गरी कतिपय युवाको सामाजिक काम भनेको उपभोक्तामा बसेर विकास बजेट लुट्नु हो । आफ्नो पेसा प्रति इमान्दार नभएकाहरु सामाजिक अगुवा भनेर चिनाउने प्रयास गर्छन् अनी नेपाली समाजमा सामाजिक अगुवाको अर्थ कस्तो हुन्छ रु बिदेशमा कमाईको केही रकम दान गरेर सामाजिक काम गर्ने प्रचलन छ तर नेपालमा नागरिकले तिरेको करमा भ्रष्टाचार गरेर सामाजिक काम गर्ने प्रचलन छ । केन्द्रदेखि स्थानीयतहसम्म भ्रष्टाचारको जालो बढ्दै गएको छ । स्थानीय स्तरमा हुने विकास निर्माणमा व्यापक भ्रष्टाचार हुने गरेको छ । आफ्नो घरको अघि हिड्ने बाटो निर्माण गर्दा होस् या आस्थाको मन्दिर निर्माण गर्दा होस् उपभोक्ता समितिमा बसेर बजेट पचाउने सोच पालेकाहरु समाजमा हाबी भएका छन् । यस्तो बिकृतीमा समाज कसरी एक हुन सक्छ रु विकास बजेट खानका लागि आपसमा मारामार हुन्छ । बेरोजगार भएर सामाजिक काम गर्न सकिदैन । आफ्नो जीवन धान्न गाहे भएकाहरु समाजसेवामा लागेको देख्दा अचम्म मान्नुपर्ने अवस्था छ । बेरोजगार मान्छेले दैनिक छाक टार्ने देखि घरका परिवारको लालन् पालन् कसरी गर्छ रु न्यूनतम आधारभूतका कुरा परिवारमा चाहिन्छ , यत्ति पनि जोहो नगर्नेहरु समाजसेवामा लाग्छन् भने त्यस्तो समाजसेवा कस्तो होला रु संघ संस्थाबाट लूटलाट गर्न पल्केकाहरु जसरी पनि समाजसेवा गर्नुपर्छ भन्नेमा लागेका छन् । तसर्थ समाजले बिचार गर्न जरुरी छ। भ्रष्ट छबि भएकाहरुलाई सामाजिक अगुवाको रुपमा सम्मान गर्दैजाने हो भने समाजमा भ्रष्टहरुकै वोलवाला हुने निश्चित छ । यसमा सबैको ध्यान जान जरुरी छ ।