सामाजिक सञ्जालमा मात्र चासो

सम्पादकीय
सामाजिक सञ्जाल बिचार राख्ने मुख्य माध्यम बनेको छ । सामाजिक सञ्जालकै कारण कतिपय मान्छेहरु रातारात हिरो भएका छन् भने कतिपय मान्छे हिरोबाट जिरो भएका छन् । सामाजिक सञ्जाललाई व्यबस्थित गर्नु पर्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा सबै कुरा पत्याइ हाल्ने अवस्था छैन । सामाजिक सञ्जालमा बिचार राख्ने मान्छेका बारेमा पनि बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा राम्रा बिचार राख्ने तर आनीबानी ठिक उल्टो हुने पनि गरेका छन् । अहिलेको युगमा सञ्चार मुख्य कुरा हो । हरेक दृष्किोणले टीकापुर ठगिएको छ । यस क्षेत्रका नागरिकले बर्षाै देखि सुदुरपश्चिमवासी ठगिदै आएको कुरा त गरे तर ठगिएको महशुस गरेको टीकापुरका बारेमा अन्य जिल्लाका नेता र स्वयम धनगढीका नेताले कहिलै पैरवी गरेको पाइएन । सामाजिक सञ्जालमा विकास भएन भनियो तर एक भएर विकासमा ठगियएको कुरा कसैले पैरब िगरेको पाइदैन । टीकापुर हरेक दृष्टिकोणले ठगिएको छ । टीकापुर ठगिएको कुरा यहाँ बसोबास गर्दै आएका हरेक नागरिकले महशुस गर्न जरुरी छ । महशुस भएपछि सबै मिलेर टीकापुरको बारेमा चिन्ता गर्नुपर्छ । टीकापुरको विकास कोही व्यक्ति बिशेषले गर्ने होइन । यहाँका जनप्रतिनीधिलाई बलियो बनाएर विकासको खाका तयार गर्ने अनी संघिय र प्रदेश सरकारसंग लडेर बजेट ल्याउनु पर्छ । यस्तो बिषयमा हरेक सचेत नागरिकले सामाजिक सञ्जालमा कुरा उठाउन जरुरी छ । एकअर्कालाई सामाजिक सञ्जालमा धारेहात लगाएर टीकापुरको विकास हुँदैन । यसमा सबैको ध्यान जान जरुरी छ । टीकापुर क्षेत्रको भविष्य छ तर नेतृत्व र समाजिक अगुवाको चिन्तन गलत छ । चिन्तन गलत भएपछि एक आपसमा मेल हुने कुरै भएन । यस्ता बिसयमा सबै गम्भिर हुन जरुरी छ ।