टीकापुर, १६ कात्तिक / सामुदायिक सेवा केन्द्रको पाचौं चुनावी साधारणसभा भएको छ । सामुदायिक प्रहरी टीकापुरसँग आबद्ध सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापा प्रमुख अतिथि रहनुभएको थियो । शनिबारको साधारण सभामा गणपुरका संख्या नपुगेकाले अर्को बैठक मंसिर ६ गते बस्ने भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै थापाले समाज विकसित भएमा फल पाउने पनि समाजले भएकाले,समाज अपराधि भएमा सजाय पनि समाजले भोग्ने भएकोले सेवा केन्द्रको भुमिका थप आवश्यक भएको बताउनुभयो ।
कार्यालय प्रमुख थापाले अन्य ठाउँमा आन्दोलनका बेला क्षति भएकाले हाल इलाका प्रशासन कार्यालयले दैनिक १५० नागरिकता, २ सय बढीलाई राहदानी दिइरहेका, सेवा लिन जिल्लाभरिका मानिस आउन थालेका बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश डागीले जेनजी आन्दोलन पछि समाजमा जेलबाट भागेका अपराधि पनि रहेकाले प्रहरी एक्लो समुदायको सहयोग विना अघि बढ्न कठिन रहेको बताउँदै, यस्तो बेला संस्थाको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालविर चौधरीले न्यायको पहुँच नभएका लाई न्याय दिलाउन सेवा केन्द्रको कामको उच्च सम्मान ब्यक्त गर्नु भयो ।
संस्थापक अध्यक्ष गङ्गाबहादुर कँुवरले नागरिकसँग समन्वय नगरेर प्रहरीले मात्र सहज तरिकाले नागरिकका समस्या समाधान हुदैनन् भनी पुर्व प्रहरी डिवी लामा ले यो सेवा केन्द्र स्थापना गर्नुभएको स्मरण गराउनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन नाथ योगी, नेपाली काँग्रेस का मोतिराम भण्डारी, एमालेका लक्ष्मण थापा, माओवादीका धनसिँह साउँद, नेपाल समाजवादी का रङ्ग अधिकारी, राप्रपाका डम्बर थापा,पत्रकार योगेश रावल, प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रसाद भट्टराई, सदस्य कल्पेश कुँवर लगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष तिमिल्सिनाले समाजमा अपराध न्युनिकरण का लागि सेवामुलक रुपमा प्रहरीलाई सघाउने कार्यमा सस्थाले काम गर्दै आएको बताउनु भयो ।
सस्थामा आजिवन सदस्य ७ सय ८३ रहेकाछन् । संस्थाले जनचेतना अभिवृद्धि सँगै विवाद समाधानको काम गर्दै आएको छ ।
कार्यक्रममा कोषाध्यक्ष बल बहादुर रावलले आर्थिक प्रतिवेदन प्रस्तुतगर्दै सस्थाले ५ लाख ३७ हजार रकम बचत गर्न सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो टीकापुर एफएमका समाचार संयोजक दुर्गा देवकोटा, संस्थालाई सहयोग गर्ने टीकापुर निवासी हाल अष्टे«लियामा बसोबास गर्ने सन्देश शाह, टीकापुर नगरपालिका नगरपालिका वडा न १, ४ र ६ को कार्यालयलाई सम्मान गरेको छ ।
कार्यक्रममा स्वागत उपाध्यक्ष तारा अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सचिव प्रकाश खड्काले गर्नुभएको थियो ।
सेवा केन्द्र वि.सं. २०७० सालमा स्थापना भएको हो । साधारण सभाले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ ।