एकिन्द्र तिमिल्सेना
टीकापुर, चैत २३ गते/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिने दिन आज बहुमत जुटाउन नसक्ने भएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाँसमक्ष राजीनामा बुझाउनु भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दिर्घराज भटटले जानकारी दिनुभयो ।
यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ लिएर मुख्यमन्त्री हुनुभएका शाह केन्द्रमा गठबन्धन फेरिएसंगै अल्पमतमा पर्नु भएको थियो । सहयात्री दलले साथ छोडेपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था छ । यसै व्यवस्था अनुसार शाहले सुदूरपश्चिम प्रदेश भामा रहेको कूल ५३ सदस्याको ५१ प्रतिशतले हुन आउने २७ सदस्यको समर्थन चाहिन्थ्यो ।
शाहले नेपाली काँगे्रसका १८, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपा र स्वतन्त्र १÷१ जनाको मतको आशा गर्दै अन्तिम समयसम्म कसरत गर्नुभएको थियो तर समर्थन नजुटेपछि राजीनामा दिनु भएको हो ।
मुख्यमन्त्री शाहको राजीनामापछि अब नयाँ गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिलाई नयाँ सरकार बनाउने बाटो खुलेको छ । सरकार बनाउन २७ सदस्य आवश्यक पर्नेमा माओवादी केन्द्रका सभामुख सहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन् ।
२०७९ माघ २७ गते मुख्यमन्त्री हुनु भएका शाहले १४ महिनाको अवधिमा सात पटक मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । उहाँ काम चलाउ भैसकेपछि २०८९ फागुन २२ गते, २४ गते , २८ गते र चैत १४ गते मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको थियो ।