टीकापुर,१४ साउन/सुदूरपश्चिम प्रदेशका उपरथी तथा पृतनापति विजय थापाले बाढीग्रस्त क्षेत्र टीकापुर र भजनीका बारेमा चासो राख्दै शनिबार टीकापुर नगरपालिकाका जनप्रतिनीधि, प्रहरी र स्थानीय नागरिकसँग छलफल गर्नुभएको छ ।
नगरपालिकाका प्रमुख रामलाल डगां}रा थारु, वडाध्यक्ष, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय नागरिकको उपस्थितीमा पृतनापति थापाले बाढी आउने समय प्रभावित क्षेत्रमा उत्रेर समन्वय गरिराख्ने उद्देश्यले छलफल चलाएको बताउनुभयो ।
उहाँले डुबानको समस्या बढी देखिएकाले उद्दारका लागि बोटको व्यबस्था पहिलो कुरा हो भन्नु भयो । मानव सुरक्षा र घरायसी सामानको सुरक्षाका बारेमा चासो देखाउँदै उहाँले पूर्व तयारीका बारेमा बस्ती नै सार्ने अवस्था भए नभएको जिज्ञासा राख्नु भयो ।
‘‘बाढी प्रभावित क्षेत्रमा बारम्बार गइराख्ने आदेश अनुसार भेटघाट गरिाखेका छाँैं’’, उपरथी थापाले भन्नुभयो,‘‘प्रदेश र जिल्ला समन्वय समितिसँग पनि समन्वय गरिराखेका छौँ ।’’
‘‘सुदूरपश्चिम पृतनाले बिपद् सँग सम्बन्धित क्षेत्रमा जिम्मेवारी छुट्याइदिएका छौँ’’, थापाले भन्नुभयो, ‘‘जेठ महिनामा संयुक्त अभ्यास गर्ने गरेका छाँै, काठमाण्डौ बाट प्राविधिक सहितको फौज चिसापानी र तेघरी व्यारेकमा व्यबस्था गरेका छौँ ।’’
उहाँले स्थानीय जनप्रतिनीधिले समन्वय गर्दा सहज हुने भन्दै विप्दका विषयमा नियमित सम्पर्कमा रहने र मिटिङ गर्न सुझाव दिनुभयो ।
सोही छलफल मा नगर प्रमुख डगांैराले टीकापुरका ३, ५, ६,७, ८ र ९ नम्बर बाढीबाट बढी प्रभावित वडा भएको बताउँदै कहिले कर्णाली नदी त कहिले पथरैया नदीले दुःख दिने गरेको बताउनुभयो । उहाँले कर्णालीको मुहानबाट जोखिम रहेको बताउनुभयो ।
‘‘कर्णाली नदीमा भइरहेको तटबन्धमा लापरबाही हुँदा कर्णालीसँग जोडिएका कुलाले पनि जोखिम बढाएको छ’’, प्रमख डगांैराले भन्नुभयो, ‘‘विपद्मा हामीसँग नभएका साधनस्रोत भाडामा लिएर पनि काम चलाउन सकिन्छ ।’’ बाढीग्रस्त क्षेत्रमा उच्च भवन बढाउँदै जाने हो भने बर्सेनि बाढीबाट हुने क्षति कम गर्न सकिने डगांैराको भनाइ छ । छलफल कार्यक्रममा पृतनापतिको टोलीमा सहायक रथी सुरत बहादुर रावल, सहायक रथी तथा बाहिनीपति दिपेसजंग शाह लगायत शिक्षालय प्रमुख तथा प्राविधिक गरी आधा दर्जन बढी सैनिक अधिकृतको टोली टीकापुर आएको थियो ।
टोलीले टीकापुर र भजनी नगरपालिकाको बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ । टोलीले टीकापुरपछि भजनी नगरपालिकाका प्रमुख सहित त्यहाँ का जनप्रतिनीधि,सुरक्षाकर्मी, समाजसेबीसँग पनि बाढीका बारेमा छलफल गरेको छ । हरेक वर्ष वर्खामा कर्णाली,पथरैया, मोहना र कन्द्रा नदीले यहाँका पालिका टीकापुर, भजनी,जानकी,जोशीपुर बाढीको जोखिममा पर्ने गर्दछन् । अघिल्ला दुई वर्ष लगातार आएको बाढीले त्यस क्षेत्रका हजारौँ नागरिकलाई विस्थापित गरेको थियो । दुई वर्ष खेतको धानबाली र घरभित्रको अन्नपात जोगाउन नपाएका यहाँका नागरिक सामान्य वर्षा हुने वित्तिकै चिन्तित हुन थाल्छन् । यस क्षेत्रमा निर्माण भएका तटबन्ध भरपर्दा र नियमित निर्माण नहुँदा एकातिर बजेट दुरुपयोग हुने गरेको छ भने अर्कोतर्फ नागरिकको जीवनस्तर कमजोर हुँदै गएको छ । कर्णाली नदीमा पहिले निर्माण गरिएका तटबन्ध गुणस्तरीय नभएपछि हाल रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ठूला बिग बोल्डर ९ढुला ढुंगा० हालेर तटबन्ध गर्न थालेको छ ।
कर्णाली नदीले कैलालीतर्फ धार परिवर्तन गरेकाले तटबन्ध गर्दा ठूला बिग बोल्डर हाल्नु परेको सिँचाइ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर तथा सूचना अधिकारी प्रेम लासिवाले बताउनुभयो । ‘‘आयोजना निर्माण गर्दा बनाइएको योजना र अहिले नदीको धार परिवर्तन पछिको अवस्था नै फरक छ’’, उहाँले भन्नुभयो, ‘‘तटबन्ध भइरहेका र बढी जोखिम रहेका ठाउँमा छिमेकी पालिकासँग ठूला ढुंगा मागेर तटबन्धको काम भइरहेको छ ।’’
उता भजनीमा ९ मा नदी कटान तिब्र भएपछि जनप्रतिनिधि र स्थानीय मिलेर जैविक तटबन्ध गरिरहेका छन् । स्थानीयले प्लाष्टिक, झालापाता, काठ तथा जाली प्रयोग गरेर जैविक तटबन्ध गरिरहेका हुन् । तटबन्ध कार्यमा दैनिक सयौँ स्थानीय सहभागी हुने गरेका छन् ।