सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा आगजनी

धनगढी,२४ भाद्र।सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा मगंलबार आगजनी भएको छ।जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रवेश गरी तोडफोड तथा आगजनी गरेका हुन्।

आन्दोलनकारीहरूले कार्यालयतर्फ अगाडि बढेर ढुंगामुढा गर्नुका साथै कार्यालयभित्र रहेका कागजात र सामग्रीमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ।

आगजनीका कारण कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात र उपकरणमा क्षति पुगेको छ।आगजनीका कारण कति क्षति भएको हो भन्ने विवरण सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।