टीकापुर, २९ असार/जनकल्याण बचत तथा ऋण सहकारी संस्था टीकापुरले कविता वाचन प्रतियोगिता गरेको छ । सहकारी ले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कविता प्रतियोगितामा पूर्ण प्रसाद उपाध्याय प्रथम, ज्ञानु पोख्रेल द्धितिय, जगत कुमारी जैशीले तृतिय तथा टीकाराम चौधरी र खडकप्रसाद पाण्डेले सान्त्वना स्थान हासील गर्नु भएको छ ।
प्रथम हुनेलाई ३ हजार, द्धितिय हुनेलाई २ हजार, तृतिय हुनेलाई एक हजार र सान्त्वना स्थान हासील गर्नेलाई ५ सय रुपैया नगदसहित मायाको चिनो प्रदान गरिएको छ । प्रतियोगितामा ९ जनाले भाग लिनु भएको थियो । प्रतियोगिताको निर्णायकमा मिनबहादुर थापा,काशीराम ढुंगाना र कैलास नर्गाजी रहनु भएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले सहकारी ले बचत संकलन र ऋण लगानीका साथै यस्ता रचनात्मक क्रियाकलाप गर्नु राम्रो काम भएको बताउनुभयो । नगर प्रमुख थारुले नगरपालिका भित्र रहेका सहकारीलाई नगरपालिकाले नियमन गरी व्यवस्थित गर्दै लागिरहेको बताउनुभयो ।

सहकारीका संस्थापक अध्यक्ष गणेशबहादुरसाउँदले सबैको सहयोग र सहकार्यले सहकारी यहाँसम्म आइपुगेको बताउँदै अझै राम्रो बनाउनु पर्ने र यदि नराम्रो बाटोमा जाँदै छ भने त्यसका लागि सबैले खबरदारी गर्न जरुरी रहेको बताउनुभयो ।
पत्रकार भूवनेश्वर अधिकारीले सहकारीले मानिसका सानातिना अफ्ठ्याराहरुलाई फुकाउने काम गरिरहेको बताउँदै केहि सहकारीहरु मा विकृति आइरहेकोले त्यसबाट जोगिन सुझाव दिनुभयो ।

सहकारीका सल्लाहकार संयोजक बद्रिप्रसाद भट्टराईले जनकल्याण सहकारीलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएपनि स्थानीय सरकारले नचिनेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
सहकारीका अध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका व्यवस्थापक छविलाल जैशीले सञ्चालन गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष मनोज कुमार साउँदले गर्नुभएको थियो ।