टीकापुर, ५ मंसिर\नेपाली कांग्रेस टीकापुर वडा नम्बर २ का सचिब स्वर्गिय बलबहादुर रावलको सम्मान र सम्झनामा १३ औं दिनको पुण्य तिथिमा बिहिवार नेपाली कांग्रेसले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । वडा सभापति नरबहादुर ठकुल्ला को सभापतित्वमा भएको उक्त श्रद्धाञ्जली कार्यक्रममा स्वर्गिय रावलले पार्टी र समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद ललिता सुनारले स्वर्गिय रावल पार्टीको इमान्दार कार्यकर्ता हुुनुहुन्थ्यो भन्नुभयो । बिना स्वार्थ कांग्रेसको संगठन बलियो बनाउन खेलेको भूमिका हामी सबैलाई थाहा छ भन्दै प्रदेश सांसद सुनारले हरेक कांग्रेसले प्रजातन्त्र बलियो बनाउने सवालमा एक भएर काम गर्न जरुरी छ भन्नुभयो । संबिधानसभा सदस्य बुद्धिसागर चौधरीले पार्टीले निष्ठावान कार्यक्रर्ता गुमाएको छ भन्दै यस दुखद क्षणमा परिवारजनलाई धैर्य गर्ने क्षमता मिलोस् भन्नुभयो । उहाँले स्वर्गिय रावल जस्ता निष्ठावान कार्यक्रर्ताकै कारण कांग्रेस अहिलेसम्म बलियो छ भन्नुभयो ।

चौधरीले कांग्रेस बलियो भयो भने मात्र नेपालमा प्रजातन्त्र रहन्छ भन्दै प्रजातन्त्र बलियो बनाउन देशको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा प्रदेश सदस्य तथा पूर्ब उपमेयर केशरी बिष्ट, पूर्ब महासमिति सदस्य जंगबहादुर साउँद, महाधिबेशन प्रतिनीधि तथा वडाध्यक्ष दिपक चौधरी, स्थानीय टेकबहादुर रावल लगायतले स्वर्गिय रावलले समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन टीकापुर बहुमुखी क्याम्पसका पूर्ब स्ववियू सभापति नृपजंग थापाले गर्नुभएको थियो ।
स्वर्गिय रावलको जीवनीका बारेमा उहाँका भाई इन्द्रबहादुर रावलले जानकारी गराउनुभएको थियो । स्वर्गिय रावलका श्रीमती, ३ छोरा र एक छोरी हुनुहुन्छ । स्वर्गिय रावल २०३३ सालमा निजामती सेवामा प्रबेश गरेर २०७१ सालमा तत्कालि धनसिंपुर गाबिसको सचिब पदबाट निबृत्त हुनुभएको हो । भारतमा उच्च शिक्षा अध्यन गर्नुभएका स्वर्गिय रावलले निबृत्त भएपछि सामाजिक संघसंस्थामा काम गर्दै आउनु भएको थियो । उहाँ सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष, बीपी बिचार राष्ट्रिय समाजका क्षेत्रीय सचिव लगायतका संस्थामा आबद्ध हुनुहुन्थ्यो ।