स्वर्ण महोत्सव र पूर्व विद्यार्थीको भूमिका

सम्पादकीय
टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव शुरु भएको छ । महोत्सव भव्य रुपमा उद्घाटन भएको छ । स्वर्ण महोत्सवले पूर्व विद्यार्थीको मन एक पटक टीकापुरतर्फ आकर्षित गरेको छ । विद्यालय स्थापना कालमा यस क्षेत्रको महत्व धेरै थियो । यस विद्यालयमा पढ्ने इच्छा धेरैको थियो तर कतिपयले अवसर पाएनन् । जसले पाए भाग्यमानी ठाने । यही विद्यालयको कारणले टीकापुरको बस्ती विकासमा भूमिका खेलेको सबैलाई थाहा छ । यस्तो पहिचान बनाएको विद्यालय अहिले आएर त्यही अवस्थामा छैन । यसको कारण टीकापुरको समाज हो । सामाजिक नेतृत्वले दीर्घकालिन सोँच नराखेकै कारण विद्यालयको अवस्था खस्कदो अवस्थामा छ । यो विद्यालय टीकापुरको इतिहास पनि हो । यो विद्यालयको स्वर्ण महोत्सव मनाइरहदा हरेक पूर्व विद्यार्थीलाई गर्भ हुने बिषय हो । शिक्षा लिएर थप अध्ययनका लागि र त्यसपछि आफ्नो जीवन निर्बाहका लागि कहाँ कहाँ पुगे लेखाजोखा छैन । महोत्सवले आफ्ना पूर्व विद्यार्थीको अवस्थाका बारेमा खोजी गरेको छ । खोजी मात्र गरेन सम्मान पनि गरेको छ । एक आपसमा भेटघाट गर्ने अवसर महोत्सवले जराएको छ । आफुले शिक्षा लिएको र त्यसमा अव्वल सावित भएका विद्यार्थीहरुले आफ्नो जीवन यापनका लागि थप संघर्ष गर्नुपर्ने बाध्यता होला तर पूर्व विद्यार्थीहरुले बिद्यालय सुधारका बारेमा सोच्न जरुरी छ । अव्वल सावित भएका पूर्व विद्यार्थीहरुले कहिलेकाहीँ आएर हाल अध्ययनरत विद्यार्थीहरुलाई टिप्स दिने हो भने सुधार हुन धेरै बेर लाग्दैन । स्वर्ण महोत्सवले वीरेन्द्रले थप उत्कृष्ट विद्यार्थी उत्पादन गरोस् भन्ने सोच बनाएर पूर्व विद्यार्थीहरुले योजना बनाउन जरुरी छ । स्वर्ण महोत्सवले यस क्षेत्रमा उत्साह थपेको छ । हरेक विद्यार्थीको चाहना मैले पढेको विद्यालय चीरकालसम्म चलोस् र गुणस्तरीय शिक्षा प्रदान गरोस् भन्ने अवश्य छ । आपूmले शिक्षा लिएको विद्यालयमा वर्षाैपछि साथीहरुसँग भेट गर्ने अवसर जुटेको छ । महोत्सव सफल पार्न भूमिका खेल्नुहुने सबैलाई धन्यवाद दिनु पर्छ । सुदूरपश्चिममा टीकापुरमात्र एउटा यस्तो सहर हो जुन प्लानिङ गरिएको छ तर राज्यबाट ठगिदै आएको छ । तसर्थ टीकापुरको बारेमा हरेकले सकारात्मक तरिकाले सोँच्न जरुरी छ ।