दुर्गा देवकोटा
टीकापुर, ७ साउन/कैलालीमा बंगुरमा देखा परेको महामारी स्वाइन फिभरका कारण किसानले बंगुर पालन गर्न छाडेका छन् । व्यवसायिकरुपमा बंगुर पालन गर्दै आएका एक दर्जन किसानले स्वाइन फिभरको त्रासले पुनः बंगुर पालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बंगुर पालन गर्न छाडेका छन् ।
करिब दुई वर्षअघि देखापरेको रोगले बंगुर पालन व्यबसायीले बंगुर पालन गर्न चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने त्रास सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बंगुर पालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बंगुर पालन व्यबसाय कम भएपछि यतिखेर कैलालीमा बंगुुरको मासु अभाव हुन थालेका छ । मासु अभाव भएकै कारण मूल्य चर्कोरुपमा बढेको छ । एकवबर्ष अघि प्रति किलो रु। ३५० मा पाइने मासु यतिखेर रु। ५०० पर्न थालेको छ ।
‘‘दुई वर्ष अघि रु। २५० प्रतिकेजीमा बिक्री हुने मासु हाल रु। ५०० मा बिक्री भइरहेको छ’’, मासु बिक्रेता राजकिरण चौधरीले भन्नुभयो, ‘‘कैलालीमा बंगुर नपाएपछि दाङ लगायत सुदूरका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउछौँ ।’’
जिल्ला भन्दा बाहिरबाट बंगुर ल्याउँदा मूल्य बढेको चौधरीले बताउनुभयो । ‘‘पहिले मेरो बंगुर छ, काटिदिनु प¥यो भनेर किसान आउँथे हामी मूल्य गथ्र्यौँ, अहिले बंगुर मालिकले मूल्य तोक्ने गरेका छन् तै पनि पाइदैन’’, चौधरीले भन्नुभयो, ‘‘बाहिरबाट ल्याउँदा महंगो बिक्री गर्नुपर्ने वाध्यता छ भने पहिले जस्तो नाफा पनि छैन ।’’
कैलालीको भजनीका जय बहादुर बुढाको करिब दुई वर्ष अघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बंगुर मरेपछि पुनः व्यवसाय शुरु गर्ने आँट गर्नुभएको छैन । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदन अनुसार बुढाको मात्र रु। ९५ लाख २० हजार बराबरको क्षति भएको हो । ‘‘बगुंर पालनबाट लाखौँ रुपैया क्षति भयो’’, बुढाले भन्नुभयो, ‘‘रोग नलागेको भए राम्रै नाफा थियो, एकाएक बगुंर मरेपछि थाहा भयो स्वाइन फिभर भन्ने महामारी रोग लागेको रहेछ ।’’ हामीले थाहा नपाएको रोग बेहार्नु परेपछि धेरै व्यवसायीको बगुंर पालन चौपट भएको बुढाले बताउनुभयो । ‘‘लगानी गरेर निर्माण भएको खोर खाली छन्, बगुंर हाल्नु मात्र छ, रोगकै कारण बगुंर हाल्न आँट आएको छैन’’, बुढाले भन्नुभयो, ‘‘राज्यले व्यबसायीलाई ढाडस दिन नसक्दा बंगुर पालन व्यबसायीले बंगुर पालन गर्न सेकका छैनन् ।’’ उहाँले साना व्यबसायीले समेत बंगुर पाल्नुस् भनेपछि नाई नाई भन्ने गरेको बताउनुभयो । फस्टाएको व्बयसायी
धरासायी भएपनि यसको बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दुखेसो गर्नुभयो ।
व्यवसायी बुढालाई केही राहत होला भनेर भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द धनगढी ले रु। २ लाख ७५ हजार बराबरका बंगुरका पाठा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।
अर्का व्यवसायी जानकी १ दुर्गौलीका निकेत चौधरीले पनि पुनः व्यबसाय गर्ने आँट गर्नुभएको छैन । रु। ३५ लाख खर्च गरेर बंगुर पालन गरेका चौधरीले चार वर्षदेखि व्यवसाय गर्दै आउनु भएको थियो । उहाँ पनि स्वाइन फिभरको मारमा परेको बताउनु भयो । चौधरीकोे ७० वटा बंगुर अटाउने व्यबस्थित खोर यतिखेर त्यत्तिकै खाली छ । बैकको ऋण लिएर व्यबसाय गरेका चौधरीले व्याज समेत बुझाउन नसकेर बैङ्ककै झमेलामा परेको बताउनुभयो ।
‘‘स्वाइन फिभरको संक्रमणबाट ४५ वटा बगुंर मरे’’, चौधरीले भन्नुभयो, ‘‘ऋण लिएर बंगुर हाल्नुपर्ने हो, फेरि रोग आएपछि डुबिन्छ भन्ने त्रास घर परिवारमा भएपछि बंगुर पालनलाई निरन्तरता दिने आँट गरेको छैन’’, व्यबसायी चौधरीले जग्गा खरिद, बंगुर खोर र माछा पालन गरी रु। २ करोड लगानी गरेको बताउनुहुन्छ ।
‘‘महामारीले बंगुर पालक किसानका खोर नै खाली गरेपछि किसानले यो पेशा नै छाडेको अवस्था छ’’, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले भन्नुभयो, ‘‘किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन् ।’’
आयोजनाले बंगुर पालकलाई व्यवसायी फर्म सुधार र ग्रामीण स्तरमा जिविकोपार्जनमा सघाउन समूहमार्फत पनि बंगुरपालनमा लगानी गरेको पनि भारतीले बताउनुभयो । कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रुपमा चिनिन्छ । कैलालीबाट खसी बोका, राँगा र बगुंर काठमाण्डौँ सम्म निर्यात गरिन्थ्यो । अहिले बंगुरको निर्यात राकिएको व्यबसायीको भनाइ छ । सिँचाइ आयोजनाले टीकापुरका एकजना किसानलाई मासु भण्डारण र निर्यातमा सघाएको छ । हाल बंगुरको मासु अभाव भएकाले उहाँले कञ्चनपुर, बर्दिया लगायत छिमेकी जिल्लाबाट बंगुर ल्याएर मासु काठमाण्डौ पठाउने गर्नुभएको छ ।
बंगुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसरी बंगुर मरेका कैलालीका किसानले राहत भने पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।