सम्पादकीय
गणतन्त्रमा देखिएको बिकृतिले आम नागरिकमा असन्तुष्टि छ । गणतन्त्रमा अराजकता बढ्दै गएपछि पार्टीमा समेत गलत असर परेको छ । पार्टीका केन्द्रिय नेता हुन् या गाउँ स्तरका नेता हुन् सबैले व्यतिथी बढ्न थालेको गुनासो गर्न थालेका छन् । हरेक पार्टीमा पछिल्लो समय अराजक समूहको भिडले नेतृत्वलाई तान्न थालेको छ । पार्टीमा आर्थिक अराजकता बढ्दै गएपछि नेतृत्व पनि सुकिला मुकिलालाई प्राथमिकतामा राख्न बाध्य छन् । यति मात्र होइन पार्टी पछि प्रबेश गरेका युवाहरुको अराजकता नेतृत्वका लागि समस्या हुन थालेको छ । पार्टीमा आउँछु भनेपछि कसरी नआईज भन्नु आएको भोली पल्ट देखि नै मलाई पार्टीले के दियो भनेर गुनासो गर्ने गरेका छन् । युवाहरु भने पनि त्याग , निष्ठाको कुरा गर्दैनन् केवल पाउनुपर्छ भन्नेमा छन् । पाउनुपर्छ भन्छन् तर के पाउनुपर्ने हो थाहा छैन । उपभोक्ता समितिमा पनि उनै बस्नुपर्ने , संघसंस्थामा पनि उनीहरु नै बस्नुपर्ने , पार्टीमा केही अवसर आए उनीहरुलाई नै चाहिने यस्तो अराजकताले पार्टी बलियो हुने कुरै भएन । पार्टीमा क्रमशः जिम्मेवारी पाइन्छ भन्नु भन्दा हातोहात ठूलै पद चाहिएको छ । यस्तो अराजकता कार्यकर्तामा भएपछि नेताहरु पनि यस्तै अराजकतालाई प्रयोग गर्दै नितान्त आफ्ना नातेदार र पैसावालालाई अवसर दिन थालेका छन् । नेतृत्वले कसको कति लगानि छ । समाजमा कस्तो छबि छ भनेर मुल्याकंन गर्नुको साटो को कत्तिको बलियो छ भनेर मुल्याकंन गर्न थालिएको छ । सत्तामा बसेर लुटेको नेता र नैतीकवान सामाजिक नेतृत्व स्वभाविकै रुपमा अहिलेको भिडमा कमजोर देखिन्छ । अवसर दिनेबेला नैतिकवानलाई दिने हो भने समाजले पनि त्यहि किसिमले बुझ्छ । अहिले त एक पटक मन्त्री भएपछि अर्काे पटक निर्बाचनमा उठ्ने हो भने आर्थिक सहयोग किन गर्ने यतिपटक मन्त्री भएको नेता हो भनेर भन्न थालेका छन् । अर्काे तर्फ एक पटक अवसर पाएको हो भन्ने गर्छन् । अवसर पाएर राम्रो ग¥यो गरेन त्यो नहेर्ने अनी अवसर पाएको कुरा मात्र गर्ने गरेका छन् । यसरी हरेक पार्टीमा देखिएको बिकृतिले यतिखेर आफु सदस्य भएको पार्टीको निर्बाचन चिन्हमा भोट किन हाल्ने भनेर खुलेआम भन्न थालेका छन् । यस्तो राजनीति संस्कारले समाज कस्तो होला ? तसर्थ निष्ठावान कार्यकर्ता र आम नागरिक सचेत हुन जरुरी छ ।