हाइड्रोपावरको काम अन्तिम चरणमा

टीकापुर, १६ बैशाख/रानी जमरा कुलरीया सिचाई आयोजना अन्र्तगत कैलालीमा बन्न लागेको हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोपावरको भवन निर्माण, विद्युत लाइन विस्तारसंगै अन्य संरचनाहरु निर्माणको करिब ९५ प्रतिसत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले अबको १०÷१५ दिनमा नहरमा पानी छोड्ने र आउँदो असार मसान्त भित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
रानी जमरा कुलरीया सिचाई आयोजना अन्र्तगत कैलालीमा बन्न लागेको हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । हाइड्रोपावरको भवन निर्माण देखि विद्युत लाइन विस्तारसंगै अन्य संरचनाहरु निर्माणको काम अन्तिम चरण मा पुगिसकेको आयोजना कार्यालयले जनाएको छ ।
गएको असोज अन्तिम साता तिर आएको बाढीका कारण हाइडूोपावरमा जोडिएका जेनेरेटरलगाएत केहि संरचनाहरुमा क्षेति पुगाएकाले अहिले त्यसको मर्मत तथा अपुग सामाग्री ल्याउने काम भैरहेको छ । विद्युत गृहका ३ ओटा युनिट मध्ये २ ओटा युनिटको काम सकिएको र बाँकी अर्कोयुनिटको काम पनि हप्ता १० दिनमा सकिने छ ।
त्यो काम सकिएसंगै हाइड्रोपावरको काम अहिले करिब ९५ प्रतिसत सकिसकेको छ । बाढीका कारण पहिलेको निर्धारित समयमा विद्युत जलाउन नसकेको र अव आउने असार महिना भित्रै विद्युत जलाउने लक्ष्य रानी जमरा कुलरीया सिचाई आयोजनाको छ । रानी, जमरा, कुलरीया सिचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर केशव प्रसाद अधिकारी जानकारी दिनुभयो ।
रानी, जमरा, कुलरीया सिचाई आयोजनासंगै निर्माण हुन लागेको हाइड्रोपावरबाट करिब ४।७ मेगावाट विद्युत उत्पादन हुनेछ । त्यहाँबाट उत्पादन भएको विद्युत लम्कीस्थित विद्युतको राष्ट्रिय प्रसारण लाइनको सबस्टेशनमा लगेर जोडिने छ । त्यसको काम पनि पुरा भैसकेको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।
आयोजनाको यसअघि बैशाख १५ गते भित्र नहरमा पानी छोड्ने लक्ष्य रहेको थियो । पानी आउने मुल नहर लगाएत अन्य शाखा नहरको सफाई नभएकाले पानी छोड्न केहि समय ढिलाई हुने भएको छ । अहिले निर्मण कम्पनीले सिचाई आयोजनाको नहर सफाईको काम धमाधम गरिरहेकाले त्यो काम सकिने वित्तिकै अवको १०÷१५ दिनमा नहरमा पानी सञ्चालन गरिने आयोजनाले जनाएको छ ।
आयोजनाको मुल नहर कर्णाली चिसापानीबाट आएको पानीले नहरको बिचैमा बनाएको पावर हाउसबाट विद्युत उत्पादन हुने भएकाले सिचाई र विद्युत उत्पादन संगै हुनेछ । आयोजनाको मुल नहर चिसापानीबाट ल्याएको पानीले डुडेझारीदेखि दक्षिण टीकापुर तर्फ ल्याएको नहरको बिचैमा पावर हाउस बनाएर विद्युत उत्पादन गरिन लागेको हो ।
रानी, जमरा, कुलरीया सिचाई आयोजनाको सिचाईसंगै विद्युत उत्पादन गर्ने लक्ष्य अनुसार यो हाइड्रोपावर बनेको हो । यो आयोजना पूर्णरुप मा सम्पन्न भैसकेपछि एकातिर मानिसलाई सिचाई गर्न सजिलो हुनेछ भने अर्को तर्फ विद्युत पनि उत्पादन हुनेछ ।