टीकापुर, ११ भाद्र/यस वर्ष टीकापुर नगरपालिका वडा नं.१ का ६ स्थानमा तीज कार्यक्रम हुने भएका छन् ।
टीकापुर नगरपालिका वडा नं। १ को सहयोगमा बजार क्षेत्रको बलभद्र चोक, ८ वटा शिविरका लागि नयाँ नेपाल प्रावि स्कुल, बनगाउँको बीचपुरुवा गुम्बा नजिकै, ब्लक नं। ९, १०, १५ र १६ र व्यवसाय क्षेत्रको एक स्थान, जमरा पारीको ज्योतिनगर, र शिव मन्दिरमा तीजका दिन नाचगान कार्यक्रम हुनेछन् ।
शुक्रबार बिहान वडा कार्यालयमा भएको छलफलमा ६ स्थानमा कार्यक्रम गर्न महिलाहरुबीच सहमति भएको वडाध्यक्ष मोहन विक लुहार ले जानकारी दिनु भयो ।
वडा सदस्य चरणदेवी विक तीज मनाउँदा सामान्य तवरले मनाउन, सामान्य पहिरन गर्न, सबैलाई सहज हुने गरी मनाउन आग्रह गर्नुभयो ।
विगतमा बजारमामात्रै कार्यक्रम गर्ने गरेको नगरपालिकाले यस वर्ष हरेक वडामा तीज कार्यक्रम गर्न थालेको छ ।
नगरपालिकाले ग्रामीण क्षेत्रका महिलाले समेत तीजमा सहभागिता जनाउन पाउन भनी वडा तथा बस्तीमा कार्यक्रम गर्न थालेको जनाएको छ ।