टीकापुर, २३ माघ/टीकापुर नगरपालिका वडा नं.१ को आयोजनामा भएको १५ दिने हलुका सवारी साधन ड्राइभिङ्ग तालिम मंगलबार सम्पन्न भएको
छ ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन लुहार ९बि।क।० को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । वडा अध्यक्ष बि।क।ले जुन सिप सिक्नु भएको छ त्यो सिप आफुनो जिवनमा काम लगाएर आफ्नो खुट्टामा उभिनु हुनुहुनेछ भन्ने आफूले विश्वास लिएको बताउनु भयो । उहाँले अब तपाईहरुले सवारी चालक अनुमति पत्रको लागि लाग्नुपर्ने बताउनु भयो ।

आगामी दिनमा अझैं यस्ता कार्यक्रम ल्याएर बिरोजगार युवायुवतीहरुलाई रोजागारी दिलाउन का लागि वडा कार्यालय सदैंव तयार रहेको बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिका सबईन्जिनियर गम्भिर साउँद, खप्तड ड्राइभिङ्ग सेन्टरका संचालाक दिपक बहादुर सिंह, प्रशिक्षार्थीको तर्फबाट सुस्मिता चौधरी र डम्बर कामी तिरुवाले मन्तव्य राख्नु भएको थियो ।

हलुका सवारी साधन ड्राइभिङ्ग तालिम माघ ७ गतेदेखि माघ २२ गतेसम्म भएको थियो ।
हलुका सवारी साधन ड्राइभिङ्ग तालिममा टीकापुर नगरपालिका वडा नं.१ का २० जनाको सहभागिता रहेको थियो ।
टीकापुर नगरपालिका वडा नं. १ का वडा सचिव तारा विक्रम राना ले संचालन गर्नुभएको थियो ।