२ दिने स्वास्थ्य शिबिरबाट २ सय बढीले सेवा लिए

टीकापुर, १८ फागुन/टीकापुर स्थित शहिद स्मृति जनस्वास्थ्य सहकारी संस्था र टीकापुर नगरपालिकाको सहकार्यमा २ दिने स्वास्थ्य शिबिर सञ्चालन भएको छ । टीकापुर नगरपालिका वार्ड नम्बर ७ र ८ मा शुक्रवार र शनिबार गरी २ दिन स्वास्थ्य शिबिर भएको हो ।


टीकापुर ७ मा जनता माबि सोनाफाँटामा र टीकापुर ८ को श्रीलकांमा शिबिर सञ्चालन गरेको सहकारीका अध्यक्ष योजना अधिकारीले जानकारी गराउनु भयो । अधिकारीका अनुसार वडा नम्बर ७ मा ९७ जना र ८ मा १ सय २२ जनाले सेवा लिएका छन् ।


शिबिरमा चिकित्सक डाक्टर हेमराज भण्डारीको स्वास्थ्यकर्मी टिमले बिरामी जाँच गर्नुभएको थियो भने बिरामीलाई निशुल्क औषधि प्रदान गरिएको थियो । शिबिरबाट स्थानीयले लाभ लिएको शेरबहादुर ठुकल्लाले बताउनुभयो ।
‘‘कतिपय बिरामी घरै बसेको अवस्था थियो चिकित्सकको टोली बिकट क्षेत्रमा आएर सेवा दिंदा धेरै लाभ भयो ,’’ठकुल्लाले भन्नुभयो, ‘‘नागरिक लाई सहज स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको कर्तव्य भएपनि नागरिकले पाएको अवस्था छैन ।’’
सहकारीले आयोजना गरेको उक्त शिबिरमा स्वास्थ्यकर्मी चेतना शर्मा, तनुज  पोख्रेल , सीता खनाल र रामप्रशाद ढुंगानाले सहयोग गर्नुभएको थियो ।
सहकारीले प्रत्यक बर्ष सामाजिक काम अन्तर्गत स्वास्थ्य शिबिर सञ्चालन गर्ने गरेको छ ।