टीकापुर, १६ असार/टीकापुर अस्पतालका पूर्व अध्यक्ष एवम् नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य दीपक रावलले टीकापुरबाट एसईई परिक्षा २०८१ मा ४ जिपिए प्राप्त गरेर उत्तीर्ण हुने छात्रछात्रा लाई सहयोग गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ ।

उहाँले आफ्नो जन्मदिनको अवसरमा युनाईटेड एकेडेमीबाट ४ जीपिए ल्याएर उत्तीर्ण हुने निखिल लोहार र गणेशबाबा इंग्लिस बोर्डिङ स्कुलबाट ४ जीपिए ल्याएर उत्तीर्ण हुने भावना उपाध्यायलाई नगद सहयोग गर्नुभएको छ । उहाँले लोहार र उपाध्यायलाई जनही ५ हजार ५०० रुपैयाँ सहयोग गर्नुभएको छ ।

रावलले लोहारलाई स्कुलमा भेटेर सहयोग गर्नुभएको छ भने उपाध्याय काठमाण्डौं रहेकाले स्कुलका प्रिन्सिपल गजेन्द्र बुढा मार्फत सहयोग गर्नुभएको छ ।

उहाँले उत्कृष्ठ अंक हासिल गरेर एसईई उत्तीर्ण भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनको शुभकामना स्वरुप सहयोग गरेको बताउनुभयो ।