टीकापुर, ११ चैत्र/टीकापुर बहुमुखी क्याम्पसद्वारा विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा शिक्षकहरुका लागि चार दिने Digital Pedagogy and Subject–Specific Tools Training For Faculties सम्बन्धी तालिम सम्पन्न भएको छ ।

उक्त चार दिने तालिममा बाह्य विज्ञका रुपमा डा।प्रकाश भट्ट उपप्राध्यापक सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर कञ्चनपुर,शिवराज पन्त उपप्राध्यापक सुदुरपश्चिम विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभाग महेन्द्रनगर कञ्चनपुर, यदु प्रसाद ज्ञवाली उपप्राध्यापक मध्यपश्चिम विश्वविद्यालय विरेन्द्रनगर सुर्खेत, डा. उमानाथ शर्मा उपप्राध्यापक महेन्द्ररत्न क्याम्पस तहाचल काठमाडौं र सनिता मस्त्रन विद्यावारिधि विद्यार्थी व्यवस्थापन संकाय त्रि।वि। प्रशिक्षक रहनु भएको थियो ।
सो तालिममा आन्तरिक विज्ञ का रुपमा उपप्राध्यापक चित्रराज उपाध्याय र सहप्राध्यापक नाथुराम चौधरीले पनि प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रमको समापन समारोहमा क्याम्पस प्रमुख ढविन्द्र रावलले कार्यक्रमको विविध पक्ष माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहभागीका तर्फ बाट नि।वर्तमान क्याम्पस प्रमुख डा।केशर बहादुर कुँवरले तालिम एवम् बिषयबस्तु संग सम्बन्धित महत्वपूर्ण विचारहरु प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सहायक क्याम्पस प्रमुख आत्माराम अधिकारी ले तालिममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमको संचालन EMIS समितिका सदस्य सचिव ध्रुर्व बहादुर रावलले गर्नुभएको थियो ।
उक्त चार दिने तालिममा ३६ वटा प्राध्यापकहरु सहभागी भई तालिम प्राप्त गर्नुभएको टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावलले जानकारी दिनुभयो ।