७ महिनामा १५ अर्बका बिद्युतीय (ईभी) गाडी

सम्पादकीय
देशको अर्थतन्त्र कमजोर हुँदै गएको छ । बेरोजगारको संख्या बढ्दै छ । बिदेश जानेको लर्काे कम भएको छैन । दिनप्रतिदिन बिदेश जानेहरुको संख्या बढ्दै जाँदा बिज्ञहरुले चिन्ता गर्दै आएका छन् । युवाहरु बिदेशमा जान थालेपछि स्वदेशमा उत्पादन हुन छाडेको छ । कृषि क्षेत्रमा होस् या औद्योगिक क्षेत्रमा होस् उत्पादन घट्दो क्रममा छ । उत्पादन घट्दै गएपछि राज्यको आम्दानी बढ्ने कुरै भएन । उत्पादन बढ्दै गए राजश्व बढ्ने हो । मुलुकमा काम गर्ने वातावरण छैन भनेर युवाहरु बिदेश जान थालेका छन् । रेमिट्यान्सको भरमा चलेको नेपालको अर्थतन्त्रमा केही निश्चित व्यक्तिको मोज भने यथावत छ । मोज गर्नेहरुले गरेकै छन् आम नागरिकको जीवन कष्टकर छ । यस्तो अवस्थामा पनि बिद्युतीय गाडी आउने क्रम बढेको छ । यो आर्थिक बर्षको ७ महिनामा १५ अर्ब रुपैयाको बिद्युतीय        (ईभी ) गाडी नेपाल आएको तथ्यांक समाचारमा आएका छन् । यो तथ्यांकलाई बिश्लेषण गर्ने हो भने देशको आर्थिक अवस्था कमजोर छैन भन्नुपर्ने अवस्था छ । १५ अर्ब रुपैयाको बिद्युतीय गाडी आएको छ भने इन्धन गाडी पनि उत्तिकै आएको हुनुपर्छ । यसरी गाडी आयात बढ्नुको कारण नागरिक गाडी चढेकै कारण होला । आफ्नो देशमा उत्पादन गरेर बिक्री गर्नुभन्दा बिदेशबाट आयात गर्ने अनी भारत निर्यात गर्ने गरिएको छ । यसरी निर्यात गरिएको तथ्याकं नेपालको निर्यात तथ्याकंमा देखाउने गरिएको छ । आफ्नो खास उत्पादन कति हो निर्यात भएको त्यसको तथ्याकं आउदैन । नागरिकले बिदेशमा गएर ल्याएको पैसा राज्यले सदुपयोग गर्न सकेको छैन । भ्रष्ट नेताहरुले पछिल्लो समय सिगांपुर र दुबईमा पैसा बुझ्ने गरेको कुरा आउने गरेका छन् । भ्रष्टाचारको कमाई बिदेशमा लुकाउने गरिएको छ । यसरी देशको अवस्था एकातिर यस्तो छ भने अर्काेतर्फ गाडी आयात बढ्दै गएको छ । राज्यले उत्पादनमुखी नीति प्रष्ट नबनाउँदा देशको आर्थिक अवस्था कमजोर भएको छ । एकातिर धनीहरु दिनप्रतिदिन धनी हुँदैछन् गरिब दिनप्रतिदिन गरिब हुँदैछन् । राज्यले यस्ता बिषयमा चासो दिनुपर्छ । नागरिकले पनि पछिल्लो समय निगरानी बढाउन थालेका छन् । नेताहरु समयमै सचेत हुन जरुरी छ ।