टीकापुर,९ पौष/कैलालीको टीकापुरमा आजदेखि कष्टनिवारक आध्यात्मिक उद्वार विषेश कार्यक्रम हुने भएको छ । आजेदेखि १३ गतेसम्म शिविर आयोजना हुने शिविरको सबै तयारी पूरा भएको जानकारी दिइएको छ । कार्यक्रम अनन्त परम उद्वारकर्ता सन्कटमोचन स्वरुप तत्वदर्शी सद्गुरुदेव मदनबाबाको परम सान्निध्यतामा हुने भएको हो ।
मानिसको शरीरमा आउने नकारात्मक उर्जाले जीवन गतिशिल हुन नसक्ने भएकाले नकारात्मक उर्जा कम गर्न उद्दार शिविर आवश्यक रहेको मदनबाबाले बताउनुभयो ।

शिविरमा शारीरिक समस्या र मानसिक समस्या भएकाले राहत लिन सकिने बताउनुभयो । कार्यक्रममा २१ विधिबाट उद्दार गर्नुपर्ने भएपनि समय कम रहेकाले सक्दो धेरै विधि प्रयोग गरिने बताउनुभयो । उहाँले हरेक दिन विहान १० बजेदेखि बेलुका ४ बजेसम्म शिविर आयोजना हुने बताउनुभयो ।
शिविरमा सहभागी हुनेले अनुशासन पालना गर्नुपर्छ । शिविरमा सहभागी हुनेले अनुसासन पालना गर्नुपर्ने, शुद्ध भोजन र नियमित सरसफाई सहित सहभागी हुनुपर्ने नियम रहेको छ ।
शिविरमा ५ सयदेखि हजारसम्म मानिस सहभागी हुन पाउने छन् ।