टीकापुर,१० पौष/कैलालीको टीकापुरमा मंगलबार देखि कष्टनिवारक आध्यात्मिक उद्वार विशेष कार्यक्रम शुरु भएको छ ।
शिबिरमा अनन्त परम उद्वारकर्ता सन्कटमोचन स्वरुप तत्वदर्शी सद्गुरुदेव श्री मदन बाबा को परम सान्निध्यता मा कार्यक्रम भएको छ ।

मानिसको शरीरमा आउने नकारात्मक उर्जाले जीवन गतिशिल हुन नसक्ने भएकाले नकारात्मक उर्जा कम गर्न उद्दार शिविरको आयोजना गरेको आयोजकलले जानकारी गराएको छ ।
शिविरमा शारीरिक समस्या र मानसिक समस्या भएकाले राहत लिन सकिने पनि आयोजक समितिले जानकारी गराएको छ ।

कार्यक्रममा २१ विधिबाट उद्दार गर्नुपर्ने भएपनि समय कम रहेकाले सक्दो धेरै विधि प्रयोग गरिनेछ । शिबिरमा हरेक दिन विहान १० बजेदेखि बेलुका ४ बजे सम्म शिविर आयोजना हुनेछ ।
शिविरमा सहभागी हुनेले अनुशासन पालना गर्नुपर्ने, शुद्ध भोजन र नियमित सरसफाई सहित सहभागी हुनुपर्ने नियम रहेको छ ।

कष्टनिवारक आध्यात्मिक उद्वार विशेष कार्यक्रम पौष १३ गतेसम्म हुनेछ ।