खड्ग मेमोरियल सकेण्डरी स्कूल टीकापुरको ३८ औंँ बार्षिकोत्सव तथा अभिभावक दिवस

टीकापुर, ६ फागुन/खड्ग मेमोरियल सकेण्डरी स्कूल टीकापुरको ३८ औंँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रबृत्ति प्रदान        गरिएको छ ।
बार्षिकोत्सव समारोह उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले विद्यालयले अध्ययन गराउने मात्र नभइ अनुशासित राष्ट्रप्रति समर्पित विद्यार्थी उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले आजका विद्यार्थीहरु समाज बुझ्ने, सम्बन्ध बुझ्ने अवसरबाट टाढा हुँदै गएका बेला यसमा विद्यालय तथा शिक्षकले ध्यान दिनुपर्ने अवस्था आएको बताउँदै बालबालिका लाई दिएको शिक्षा प्रति चिन्ता गर्नुपर्ने बेला आएको बताउनुभयो ।
धितालले समाज सुधारका लागि आजैदेखि विद्यार्थीलाई अनुशासित बनाउने, नैतिकवान बनाउने कार्यमा भूमिका निभाइदिन आग्रह गर्नुभयो । साथै उहाँले आफू टीकापुर नगरपालिकामा रहदा सम्म टीकापुर नगरपालिकाबाट विद्यालयको विकासका लागि चाहिने सहयोग गर्न सधैंव तयार रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल हिरण्य शर्माले विद्यालय यहाँसम्म पुगाउने सबैलाई धन्यवाद दिनुभयो । उहाँले गत वर्षको एसइइ नतिजामा खड्ग मेमोरियल यस क्षेत्रमै प्रथम भएको, अन्य कियाकलापमा पनि राम्रो स्थान ल्याउने गरेको जानकारी दिँदै विद्यालयको सबै सम्पत्ति टीकापुरबासीको भएको बताउनुभयो । विद्यालयले रु। ५ करोड ४२ लाख ९ हजार बराबरको आयव्यय सार्वजनिक गरेको छ ।
कार्यक्रममा अभिभावक माया घिमिरे र कृष्ण गोइजिहारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । त्यसैगरी डाक्टर सोफी  चौधरी र इञ्जिनियर विराज बोहरालाई पनि दोसल्ला ओढाई सम्मान गरिएको छ ।
कार्यक्रममा पत्रकार दुर्गा देवकोटा, अभिभावक माया  घिमिरे वली लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत शिक्षक चन्द्रावती पण्डितले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन शिक्षक धुर्व गुरुङले गर्नुभएको थियो ।
मध्यतिरको कार्यक्रम विद्यार्थीलाई सञ्चालन गर्न दिइएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।