सम्पादकीय
नेपालमा पछिल्लो समय जनताको खल्ती रित्याएर केही निश्चित परिवारलाई मोटाउने काम भइरहेको छ । नीति बनाउने र व्यापारी मिलेर देश लुट्ने काम भइरहेको छ । जेनजीको आन्दोलनपछि बनेको सरकारले एउटा पनि भ्रष्टलाई कारबाही गरेको पाइदैन । प्रधानमन्त्री हुनु अघि शुशिला कार्कीले १५ दिनमा भ्रष्टाचार कम गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन तर उनी प्रधानमन्त्री भएको ६ महिना भन्दा बढी भयो तर भ्रष्टाचारका सवालमा केही सकारात्मक सन्देश आएन । काम नै नभएपछि के को भ्रष्टाचार । तर पुराना फाइल पल्टाएको भए जनताले आशा गर्ने ठाउँ हुने थियो । यतिखेर नेपालको ऋण २८ खर्ब भन्दा बढी पुगेको छ । ऋण थपिएको छ तर ऋण सही सदुपयोग भएन भन्ने गुनासो छ । नागरिकको चर्काे असन्तुष्टि छ तर राज्य सत्ता चलाउनेहरु गल्ती एक अर्कालाई देखाउन थालेका छन् । गणतन्त्रबादी एक भएर मुलुकको आर्थिक प्रगतिमा लागेको भए यस्तो अवस्था आउने थिएन । राजनीति गर्नु भनेको राज्यको साधन स्रोत दोहन गर्न हो भनेर आम नागरिकले बुझेका छन् । यस्तो बुझाईलाई रोक्न राजनीतिक दलले जनताको भावना अनुसार काम गर्नु पर्छ । जनताको भावना अनुसार काम नगर्ने केवल सत्ता स्वार्थमा लागेकै कारण मुलुकमा दिनप्रतिदिन समस्या थपिदै गएको छ । भएरभर निरासा र आक्रोसले जेनजीको आन्दोलन भएको सत्य हो तर यो आन्दोलन पनि स्वफूर्त होकी प्रायोजित हो भनेर समिक्षा र बहस हुन थालेको छ । राजनीतिक दलका नेताहरुले कमजोरी गर्दा बिदेशीले खेल्ने मौका पाए भने दलालहरुलाई जनताले सम्मान गर्नुपर्ने बाध्यता भयो । अरुबाट सञ्चालित भएर पार्टी चलाउने सोच पछिल्लो समय बलियो हुन थालेको छ । यसको कारण एउटै हो त्यो हो पैसा । जनताका लागि काम गर्छाै भनेर सडक तताएपनि सत्तामा गएपछि साधन स्रोत हात पार्ने योजना मात्र बनाएको पाइन्छ । विकास बजेट खर्च गर्न नसक्ने नेताहरुले फजूल खर्च भने मनग्य गर्ने गरेका छन् । मामाको धन फूपुको श्राद्धझै राज्यको ढुकटीमा होली खेल्ने गरेका छन् । हरेक सरकारमा बस्ने मन्त्रीहरुले नागरिकले गास काटेर तिरेको कर दुरुपयोग गर्ने गरेका छन् । देखावटी विकासमा बजेट सक्ने गरिएको छ । बजेट खर्च भएपछि त्यसबाट हुने फाइदाका बारेमा पनि समिक्षा हुनुपर्ने हो तर नेताहरुले लगानीको प्रतिफल बारे कहिलै समिक्षा गर्देनन् । विकासका सवलामा समिक्षा नगर्ने र भएभरको बजेट शक्तिमा भएका नेताहरुले बजेट लैजाने गरेका छन् । यस्तो खालको विकास नीतिले देशको आर्थिक अवस्था सुधार हुने कुरै भएन ।