सम्पादकीय
नेपालमा नागरिक पनि स्वार्थि हुँदा मुलक दिनप्रतिदिन संकटमा पर्दै गएको
छ । पेशाकर्मी एक भएर राज्यलाई घुँडा टेकाउने र आफ्नो स्वार्थ पूरा गर्ने प्रचलन छ । संख्यात्मक रुपमा शक्ति प्रदर्शन गरेर आफ्नो माग पुरा गर्ने र देशमा बढ्दै गएको बिकृतिका बारेमा मौन बस्ने प्रचलन छ । शिक्षकहरुले काठमाण्डौमा शक्ति प्रदर्शन गरे । आंशिक माग पुरा गरे । यतिखेर डाक्टरहरु आन्दोलनमा छन् उनीहरुको माग पनि पुरा हुन्छ । यसरी पेशाकर्मीको संगठन बनाएर आफ्नो सुरक्षा गरेपनि देश र जनताको बारेमा अधिकांस पेशाकर्मीले सोचेको पाइदैन । देशको प्रणाली खराब छ तर सबै आफ्नो काम भए पुग्छ भन्ने मानसिकतामा लागेको पाइन्छ । आफुलाई समस्या पर्दा राजनीतिक दलका नेताहरुले नागरिकलाई ठग्ने काम मात्र गरिरहेका छन् । नागरिकले नागरिकता लिए वापत भनेजती कर तिर्नु बाहेक अरु सुबिधा पाउने अवस्था छैन । काम गरेर खाने वातावरण छैन । कर्मचारीले आफ्नो हात माथि पारेर नीति बनाउने अनी त्यहि नीति देखाएर नागरिकलाई सास्ती दिने काम गरिरहेका छन् तर राजनीतिक दलका नेताहरुले नागरिकलाई कसरी सहज हुन्छ भन्ने बारेमा ध्यान दिएको पाइदैन । कानूनको डण्डा लगाएर नागरिक लाई सास्ती दिने तर काम गरेर खाने वातावरण नबनाउने भएपछि देशमा युवा जनशक्ती पलायन हुनथालेको छ । युवा जनशक्ती पलाएन भएपछि देशमा उत्पादन हुने कुरै भएन । नेताहरु सत्ता र शक्तीको आडमा मोज गर्ने त्यतिले पुगेन भनेर तस्करीमा लाग्न थालेका छन् । तसर्थ जनता सचेत हुन जरुरी छ । देशमा बारेमा गम्भिर भएर सोच्ने हो भने मात्र मुलुकले निकास पाउछ । देशको बारेमा सबैले सोच्न जरुरी छ ।