टीकापुरमा विभिन्न कार्यक्रम गरी ३० औं जनयुद्ध दिवस मनाईयो

टीकापुर, २ फागुन/नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज नेपबहादुर चौधरीले न्यायको पक्षमा र अन्यायको विरुद्धमा खबरदारी गर्न कार्यकर्ता लाई अपिल गर्नु भएको छ ।
३० औं जनयुद्ध दिवसको अवसरमा टीकापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाली नागरिकले माओवादी बाट गरेका केहि आशाहरु पुरा हुन नसक्दा पार्टीमा केहि निरासा छाएको बताउँदै सत्यको पक्षमा माओवादी केन्द्रको सधै साथ रहने उहाँले बताउनुभयो ।


परिवर्तनको वाहाक शक्ति नेकपा माओवादी केन्द्रलाई सबैतिरबाट घेराबन्दि भैरहेको बताउँदै इन्चार्ज चौधरीले जनताले त्यो षड्यन्त्रको जालोलाई च्यात्दै आफूलाई साथ दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरवासीलाई जनयुद्ध दिवस को अवसरमा शुभकामना व्यक्त गर्दै नगर अध्यक्ष धनसिंह साउँद ले नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीले रक्तदान, शहिद तथा वेपत्ता परिवारलाई सम्मान तथा दिप प्रज्वलन, टीकापुर बजारमा ¥याली निकालेर दिवस मनाएको बताउनुभयो ।


३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गर्नुभएको थियो भने ४१ जना शहिद तथा वेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।