टीकापुरस्थित त्रिपथ विद्या निकेतनले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

टीकापुर, ८ फागुन/टीकापुरस्थित त्रिपथ विद्या निकेतनले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सव कार्यक्रममा विभिन्न ब्यक्तिलाई सम्मान तथा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
   विद्यालयका अध्यक्ष हिक्मत बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका का शिक्षा अधिकृत नरेश अवस्थी ले गत वर्षको तुलनामा विद्यालय मा विद्यार्थीको संस्था बढेको, शैक्षिक गुणस्तर वृद्धि गर्न सकेमा अझैँ विद्यार्थी संख्या बढ्दै जाने बताउनुभयो । उहाँले समुदायले खोज्ने शिक्षा भनेको गुणस्तरीय शिक्षा रहेकाले शिक्षामा प्रतिस्पर्धा गर्न सके त्यो विद्यालयको भविस्य सुनिश्चित हुने बताउनुभयो ।
अवस्थीले टीकापुर नगरपालिका भित्रका कुनै पनि बालबालिका विद्यालय शिक्षा बाट बाहिर नरहुन भन्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको बताउनुभयो । टीकापुरमा ८४ वटा विद्यालय  रहेको जसमा ३५ सामुदायिक र ४९ वटा संस्थागत विद्यालय रहेकाले अन्य कक्षाहरु भन्दा कक्षा ५ र कक्षा ८ लाई शिक्षक अभिभावकहरुले बढी महत्व दिनु पर्ने बताउनु भयो । उहाँले विद्यार्थी सामुदायिक वा संस्थागत जहाँ पढे पनि पढ्नु पर्छ भन्ने मान्यता नगरपालिकाको रहेको बताउनु   भयो ।
विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले अभिभावकको विश्वासकै कारण ४ वर्षअघि २५ जनाबाट शुरु गरेको विद्यालयमा हाल ७ सय बढी विद्यार्थी पुगेका बताउनु भयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम लगायत शैक्षिक सत्र २०८१ का पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा सिटीएफ टे«निङ सेन्टरका अशोक सुवेदी, न्यु लाइट एजुकेसन होमका प्रीन्सिपन जयकृष्ण तिमिल्सिना, दिव्यान्सी विष्ट लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा गत वर्षको नतिजा मा कक्षा ८ मा ३.९ जिपिए ल्याउने विद्यार्थीलाई नगद तीन हजार, ३.६ जिपिए ल्याउनेलाई नगत दुई हजार र ३.२ जिपिए ल्याउनेलाई नगद एक हजार पुरस्कार दिइएको छ । वार्षिकोत्सवमा अमृता चौधरी, विनोद ओझा,राज कुमारी चौधरी, प्रमिला सार्की र राधिका पाण्डेलाई असल अभिभावकका रुममा सम्मान समेत गरिएको छ ।
विद्यालयका शिक्षक हिरण्य प्रसाद मुडभरी र विद्यार्थी मिलेर सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यार्थी कावेरी साउँद, जयन्ती बिष्ट, आयुषा महतो र निशा सार्कीले गर्नुभएको थियो ।