टीकापुर,१० फागुन/टीकापुरमा टीकापुर जेसिजको आयोजनामा प्रत्येक्ष संवाद कार्यक्रम (ककस) भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जनकराज शाह, नेकपा एमालेका द्धारिकाप्रसाद न्यौपाने,नेपाली कम्यूनिष्ट पार्टीका रामलाल. डगौरा गारु,रा.प्रपा.का लोकेन्द्र कुंवर, प्रगतिशिल लोकतान्त्रीक पार्टीका जनकराज शाह, नेपाल कम्यूनिष्ट पार्टी माओवादीका रामबहादुर विश्वकर्मा, र स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाही लगायतकाले आफना प्रतिबद्धता प्रस्तुत गर्नु भएको थियो ।
टीकापुरका बालगोविन्द चौधरीले कस्तो शिक्षालले आजका यूवालाई रोजगार बनाउछ भन्ने प्रश्नमा नेपाली काग्रेसका उम्मेदवार जनकराज चौधरीले प्राविधिक शिक्षामा जोड दिने र औपचारिक शिक्षाबाट प्राप्त गर्न नसकेका विद्यार्थिलाई प्राविधीक शिक्षा प्रदान गरी दक्ष बनाउने बताउनु पर्ने बताउनुभयो ।

टीकापुरका शंकर चौधरीले तपाईले जहिले पनि कर्णाली करिडोरका मुद्धालाई उठाइरहनु भएको छ के सम्भव छ भनि नेकपा एमालेका उम्मेदवार द्धारिकाप्रसाद न्यौपानलाई सोध्नु भएको प्रश्नमा हरेक वर्ष ८० हजार मानिसहरु यसबाट प्रभावित रहेकाले यसले सधैंका लागी दुख हरण हुने र कर्णालीलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न पर्नेमा जोड दिनु भयो ।
यसै गरी महेश जोशीले गुलाव सिटी कता पुग्यो ? सांसदमा पुगेपछि संसदमा गुलाव रोप्ने की टीकापुरमा भन्ने प्रश्नमा नेपाली कम्यूनिष्टका उम्मेदवार रामला डगौरा थारुले टीकापुर गुलावको सिटीका रुपमा पहिचान भएकाले संसदबाट टीकापुरलाई अन्तराष्टिय रुपमा गुलावको शहरका रुपमा पहिचान गर्न चाहेको बताउनु भयो ।
तपाईलाई नागरिकले भोट किन दिने भनि सोधिएको प्रश्नमा रा.प्र.पा.का उम्मेदवार लोकन्द्र कुंवरले २०४६ का पछिका सम्पुर्ण उच्च पदस्त कर्मचछारीको सम्पति छनविन गरी कारबाहीको दायरमा ल्याउन भोट दिनु पर्ने बतानउनु भयो ।
प्रगतिशिल लोकतान्त्रिक पाटीका उम्मेदवार जनकराज शाहलार्ई राज्यको माथिल्लो निकायमा रहंदा यो क्षेत्रका लागी के गर्नु भयो भनि टीकापुुरका राजेन्द्र भण्डारीले सोध्नु भएको प्रश्नको जवाफमा कृर्षि विकास बैंकको कार्यकारी अधिकृतमा रहंदा गरिव किसाननका लागी ऋण मिनाहा , रानी जमरा कुलरीया सिंचाई आयोजना मार्फत सेवा गरेको र अन्य थुप्रै काम गरेको बताउनु भयो ।
यसै गरी कैलाी क्षेत्र न. १ मा तपाईले गरेका ४ वटा महत्वपूर्ण कामहरु के के हुन भनि सोधएको प्रश्नमा नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवार रामसिंह विश्वकर्माले गरिव, असाहाय नगरिकलाई कठिन पर्दा हरेक अवस्थामा आफुले सहयोग गर्दै आइरहेको बताउनु भयो ।
यस क्षेत्रका ३ वटा समस्या के के देख्नुहुन्छ जो तपाईले जिते भने समाधान गर्नु हुन्छ भनि सोधिएका प्रश्नमा स्तन्त्र उम्मेदवार राजेन्द्र शाही क्वारेन्टाई, कर्णाली करीस्डोर र सेती लोेकमार्गलाई प्राथमिकताको मुद्धा उठाउने बताउनु भयो ।
टीकापुर जेसजिका अध्यक्ष कमलराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जगदिश्वर पण्डित प्रमुख अतिथि रहनु भएको थियो । उहांले जुनसुकै उम्मेदवार विजयी भएर प्रतिनिधी सभामा गए पनि यस क्षेत्रको साझा उम्मेदवार बन्न सुझाव दिनुभयो ।