टीकापुर नगरपालिकाको कार्यबहाक मेयरमा रामबहादुर नगार्जी चयन

टीकापुर, १० फागुन/टीकापुर नगरपालिकाको कार्यबहाक मेयरमा जेष्ठ सदस्य रामबहादुर नगार्जी चयन हुनुभएको छ ।  नगरपालिकाको ६२ औं कार्यपालिका बैठकले शनिबार नगार्जीलाई कार्यबहाक मेयरमा चयन  गरेको छ । यो संगै कार्यबहाक मेयरको झगडा साम्य भएको  छ ।
‘‘जेष्ठ सदस्यको नताले रामबहादुर नगार्जीको अध्यक्षमा बसेको बैठकले कार्यबहाक मेयर तोक्ने निर्णय भएको हो,’’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भन्नुभयो ,‘‘ उहाँहरुले शुक्रवार बहुमत पु¥याएर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिकाको बैठक डाक्न निबेदन दिनुभएको   थियो ।’’ मेयरले गर्ने भनेर तोकिएको काम बाहेक दैनिक काम गर्ने र बैठकको अध्यक्षता गर्ने अधिकार कार्यबहाक मेयरलाई हुन्छ ।
कांग्रेसका ५ जना र एक जना एमालेका वडाध्यक्षको सहयोगमा अन्य ३ जना कार्यपालिका सदस्यले सहयोग गरेपछि नगार्जी कार्यबहाक मेयर बन्ने अवसर जुटेको हो । उसो त जेष्ठ सदस्य का नाताले सहज रुपमा नगार्जी जीलाई कार्यबहाक बनाएको भए पनि हुने थियो तर धेरै रस्साकस्सी गर्नुप¥यो नेपाली कांग्रेसका नेता नवराज रावलले भन्नुभयो । उहाँले हार्दिकताका साथ अरु साथीहरुले नगार्जी जी लाई साथ दिनु भएको छ अव सबै मिलेर टीकपुरको विकास मा लाग्नुपर्छ भन्नुभयो ।
कार्यबहाक मेयर भए पछि नगार्जीले सबैको सहयोगलाई धन्यवाद दिंदै सबैसंग मिलेर नगरको विकासमा लाग्ने बताउनु  भयो । ‘‘मेरो स्वार्थ केही छैन  साथीहरुले बिश्वास गर्नुभएको छ,यो बिश्वास टुट्न दिन्न,’’ नगार्जीले भन्नुभयो,‘‘ जति दिन मौका मिल्छ त्यतिदिन जनताको पक्षमा काम गर्छु ।’’

नगर प्रमुख रामलाल डगौंरा फागुन २१ गते हुन लागेको संघिय सांसदको उम्मेदवार बनेपछि नगर प्रमुख पद रिक्त हुन पुगेको हो । उपमेयर यस अघि नै रिक्त थियो । नगर प्रमुख र उपप्रमुख दुबै पद रिक्त भएपछि नागरिक लाई कष्ट हुन थालेको   थियो ।  यी दुबै पद रिक्त भएपछि सबै भन्दा बढी क्यान्सर ,मृगौला र मुटुका रोगीको उपचारका लागि  आवश्यक पर्ने सिफारिस लिन आउनेहरु मर्कामा परेका थिए ।
कार्यबहाक मेयर  नगार्जी नेपाली कांग्रेसको भातृ संगठन दलित संघको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । कपडा र टेलर व्यबसायी  समेत रहनु भएका नगाजी सादगी र इमान्दार कार्यकर्ताको रुपमा पार्टीले लिने गरेको छ ।