टीकापुर नगरपालिकाले उपभोक्ता सचेतना सप्ताह मनाउने

टीकापुर, १ फागुन/टीकापुर नगरपालिकाले उपभोक्ता सचेतना सप्ताह मनाउने भएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा नगरपालिकाले चैत १ गतेदेखि उपभोक्ता सचेतना सप्ताह मनाउने भएको हो ।
उपभोक्ता सचेतना सप्ताह शुरु हुनु अघि नगरपालिकाले उपभोक्ता हित संरक्षण तथा प्रवद्र्धनका विषय मा शनिबार अभिमुखीकरण समेत गरेको छ ।
उपभोक्ता शिक्षाका लागि प्रशिक्षकको रुपमा नगरपालिकामा सूचिकृत भएका १४ जनालाई नगरपालिकाले उपभोक्ता हित  संरक्षण तथा प्रवद्र्धनका विषयमा अभिमुखीकरण गरेको छ ।
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
प्रशिक्षकहरुले उपभोक्ता सचेतना सप्ताह र अन्य समयमा नगरपालिकाका लक्षित वर्गलाई  उपभोक्ता शिक्षाका बारेमा जानकारी गराउने छन् । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत टीकापुरका विद्यालय तथा क्याम्पस र अन्य नागरिकहरु समक्ष पुगेर कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
त्यस कारण यस पटकको उपभोक्ता सचेतना सप्ताहलाई व्यापक रुपमा मनाउने तयारी गरिएको टीकापुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख  रञ्जु आचार्य ले जानकारी दिनुभयो ।
उहाँले उपभोक्ताहरु विभिन्न सिकीमका सामानहरु खरिद गर्दा वा सेवा लिँदा ठगिने गरेकाले त्यस विषयमा उपभोक्ताहरु जागरुक हुन आवश्यक रहेको बताउनु भयो  ।
अभिमुखीकरण कार्यक्रमलाई टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन धिताल, उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिना,आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्य ले सहजीकरण गर्नु भएको थियो ।