टीकापुर, २२ बैशाख/टीकापुर नगरपालिकाले बिद्यालयको सय मिटर वरपर मदिरा र सूर्तिजन्य बस्तु बिक्रिमा रोक लगाएको छ ।
नगर शिक्षा समितिको यही बैसाख १४ को निर्णय अनुसार मदिरा र सूर्तिनज्य पदार्थमा २० गते बिहिवार देखि रोक लगाएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै सय मिटर भित्रको घर पशलबाट सूर्ति तथा मदिराजन्य पदार्थ बिक्रि वितरण गरिएमा कानून अनुसार कार्बाही गरिने जनाएको छ । सूर्तिजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने ) २०६८ को दफा ११ को उपदफा (३ ) बमोजिम शिक्षण संस्था लगायतका सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरको दूरीमा सूर्ति तथा मदिराजन्य पदार्थ बिक्रि वितरण गर्न नपाउने व्यबस्था छ । यस्तो व्यबस्था भएपनि टीकापुर नगरपालिकाले यस अघि कार्यान्वयन गर्न सकेको थिएन । यसरी निर्णय गरिएपनि निर्णय कार्यान्वयन कतिसम्म हुन्छ त्यो भने हेर्न बाँकी छ । नगरपालिकाले नियम बनाउने तर कार्यान्वयन गर्ने पक्षमा कमजोर उपस्थिती देखाउँदा हरेक क्षेत्र भद्रगोल भएको नागरिकको गुनासो छ ।