टीकापुर, १४ चैत्र/टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण शुरु भएको छ । महोत्सव को सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले उद्घाटन गर्नु भएको हो । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।

महोत्सव उद्घाटन गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले मानिसको जीवनसँग जोडिएको साहित्य, कला र संस्कृति संरक्षण गर्नु विश्वविद्यालयको समेत दायित्व हुने बताउनुभयो । उहाँले देशभरका साहित्य सर्जक जम्मा गरी साहित्य र कला सम्बन्धी तालिम दिएर विद्यार्थीलाई साहित्य लेखन र नाटक सिकाउनु भएकोमा आयोजक साहित्य समाजलाई धन्यवाद दिनुभयो ।
संगीतकार रेशमलाल चौधरीले थारु समुदायको भित्र सम्म पुगेर लेख्ने र पात्र छनोट गर्ने प्रवृत्ति महेशविक्रम शाहमा भएकाले उहाँको उचाइ निकैमाथि पुगेको बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले सुदुरपश्चिम कला र साहित्यको भुमि भएको बताउँदै संघियतापछि कला र साहित्य विकासका लागि प्रज्ञा प्रतिष्ठान लागिरहेको, विभिन्न प्रयास गरिरहेको बताउनुभयो ।
नेपाली चलचित्र क्षेत्रका रङ्गकर्मी नीर शाहले जीवनदेखि बाहिर पनि अर्को जीवन छ त्यो साहित्य र सगित भएकाले, जीवन महत्वपूर्ण बनाउन साहित्य र संगीत चाहिने बताउनुभयो । साहित्यकार तथा राजनितीक विश्लेषण केशव दाहालले समाज मा अक्षर, गित, किताब नभए कस्तो होला, सुदुरमा देउडा नभए कति खल्लो होला भनी प्रश्न गर्दै यी सबै चिज भएर समाज समृद्ध भएको, मानविय भावना जिवित भएको बताउनुभयो ।
नाट्यकर्मी अशिष मल्लले कियटिभ मानिसहरु दुई प्रकारका हुने बताउँदै, कोही लेखेर बस्ने, कोहि केही नयाँ गर्न खोज्ने खालका हुने देखेको बताउनुभयो । उहाँले टीकापुर साहित्य महोत्सवको चर्चा देशभरि भइरहेको, आफूले पनि नाटक प्रशिक्षण गर्दा यहाँको संस्कृति सिक्न पाएको बताउनु भयो ।

साहित्यकार निलम कार्की नेहारिकाले नेपालको भुगोल नेपालीलाई राम्रोसग नचिनाइएको बताउँदै शिक्षासँग इतिहास, इतिहाससग सस्कृति जोडरे लिनुपर्नेमा जोड दिनुभयो । उहाँले महेन्द्र राजासँग जोडिएको इतिहास टीकापुर पार्कमा जोगाएर राखेको मा टीकापुरबासीलाई धन्यवाद दिनुभयो ।
टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले साहित्य महोत्सवले धर्म, सस्कृति र कलालाई संरक्षणमा योगदान दिने उदेश्यले कार्यक्रम भएकाले आयोजक साहित्य समाजलाई धन्यवाद दिनुभयो ।
साहित्य समाजका अध्यक्ष महेशबिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
साहित्य महोत्सव अघि प्रदेश स्तरीय कविता प्रतियोगिता भएको थियो । प्रतियोगितामा कविहरुका कविता माग गरिएको थियो । कविता प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा कवि चेतना शर्मा प्रथम हुनुभएको छ । उहाँले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । कविता प्रतियोगितामा उद्गम मिसन द्धितीय हुनुभएको छ । उहाँले नगद १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यसैगरी तृतीय स्थान हासिल गर्नुभएकी स्वीकृति शर्माले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने सान्त्वना स्थान हासिल गरेका रचना डिसी र कमल ढुङ्गानाले प्रमाणपत्र पाउनु भएको छ ।
कार्यक्रम सञ्चालन दिपज्योति थापाले गर्नुभएको थियोे भने धन्यवाद ज्ञापन सह सयोजक केशर कुँवरले गर्नुभएको थियो । कार्यक्रममा थारु समुदायका सास्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे ।
२०७९ सालमा स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्य मार्फत सामाजिक सदभाव’ भन्ने उद्घोषका साथ बर्सेनि महोत्सव गर्दै आएको छ । यस वर्ष थारु साहित्य तथा सँस्कृति विशेषका रुपमा मनाइदैछ । महोत्सवको पूर्वसन्ध्या मा नाटक लेखन प्रदर्शन र लेखन कार्यशाला भएको थियो । महोत्सव टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सयुक्त आयोजनामा भइरहेको छ ।