सम्पादकीय
सोमवार पूर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डेढ घण्डा भाषण गर्नु भयो । प्रतिपक्षको हिसावले सरकारसंग राखेका प्रश्न धेरै जसो जायज थिए । अर्थमन्त्री जनार्दन शर्मा प्रति गरिएका प्रश्न जनताका पक्षमा थिए भन्नै पर्छ । अर्थमन्त्रीले भन्सार दरमा गरेको बेइमानी छताछुल्ल भएको छ तर स्वीकार गर्न मानिरहेका छैनन् । अपराध मात्र होइन क्षमा नहुने गरी अपराध गरेको भएपनि पार्टीको आडमा जनार्दन शर्माले अटेरी गरिरहेका छन् । प्रतिपक्षले सिसिटिभी हेर्न पाउनुपर्छ भन्यो तर अर्थमन्त्रालयलले मेटियो भनेर जवाफ दियो । यस्तो गैर जिम्मेवार व्यक्तिहरुले देशको बारेमा काम गर्ने कुरै भएन । देश र जनता भन्दा पनि आफ्नो स्वार्थमा लागेर तिक्तता बढाउने निश्चित हो । तिक्ततापूर्ण राजनीतिलाई मलजल गर्ने प्रयास भइरहेको छ । नेपाली समाजमा सद्भाव भन्दा पनि आपसमा तिक्तता पोख्ने गरी व्यबहार भइरहेको छ । नितान्त आफ्नो स्वार्थका लागि गरिने कृयाकलापले आपसमा तिक्तता बढाउँदै लगेको छ । रिस फेर्ने मात्र नेपाली संस्कारको विकास हुन थालेपछि द्वन्द व्यबस्थापनमा समस्या देखिएको छ । नेपालीहरु आपसमा मिलेर बस्नु भन्दा पनि चिलेर बस्ने बानी बसाल्न थालेका छन् । राजनीतिक आग्रह पूर्बाग्रह राखेर काम गर्नाले आपसमा तिक्ता बढ्न थालेको छ । आम जनता यतिखेर अर्थमन्त्री जनार्दन शर्माको व्यबहारबाट निरास र आक्रोशित छन् । राज्यलाई कगांल बनाउने अनी केही व्यक्तिलाई मोटाउने गरी नीति बनाउनेलाई राज द्रोहको मुद्धा चल्नुपर्ने हो । राज्यलाई अर्बाै रुपैया हानी गर्नेलाई मन्त्री पदमा बस्न दिनु गलत हो । यस्तो लूट प्रबृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । एक अर्कालाई सत्तोसराप गर्नुभन्दा गलत गर्नेहरुलाई सरकारमा बस्ने अधिकार छैन । सहि तरिकाले माने पछि ठिक छैन हैन भने जनता सडकमा उत्रनु जरुरी छ ।