तीन दिने प्रारम्भिक वर्ग शिक्षा तालिम शुरु

टीकापुर, १२ कार्तिक/हिन्दू स्वयंसेवक संघ नेपाल टीकापुरको आयोजनामा तीन दिने तालिम आइतवारबाट शुरु भएको छ ।
तालिममा टीकापुर नगरपालिकाका ४० जना विद्यार्थी सहभागी छन् । तालिममा पौराणिक सांस्कृतिक खेलहरु सिकाउनुका साथै सनातन धार्मिक संरक्षण बारेमा सिकाइने छ । हिन्दू धर्मको संरक्षणबाट नेपाल र नेपालीको आस्था बढाउने विषयमा विद्यार्थीलाई सिकाईने हिन्दू स्वयंसेवक संघ नेपाल टीकापुरका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी गराउनुभयो ।
पशुपति शिक्षा मन्दिर धनगढीका प्रअ सुरेश प्रशाद बडुले तालिम दिनुहुने छ ।
‘प्रारम्भिक वर्ग–२०८१’ नामाकरण गरिएको उक्त कार्यक्रमको उद्घाटन टीकापुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष यज्ञराज न्यौपानेले गर्नुभएको हो । उद्घाटनपछि न्यौपानेले हिन्दू संस्कारसँग जोडिएका बिषयले समान दृष्टिकोणले हेर्छ भन्नुभयो । उहाँले हिन्दू धर्म परिवर्तन गर्नेहरुले हिन्दू धर्मप्रति इष्र्या गरेको पाइन्छ भन्नुभयो । धर्मको नाममा संस्कार र अनुसाशन सिक्ने बिषयमा प्रमुख दायित्व राख्नुपर्छ भन्दै न्यौपानेले धर्म मान्दामान्दै पनि युवाहरु लागू औषध र बालविवाहमा लागेको बताउनुभयो ।


‘‘लागू औषधमा यतिखेर गिरोह सक्रीय हुँदा युवाहरु कुलतमा फस्दै गएका छन् भने गिरोह पैसा कमाउनमा लागेका छन्’’, न्यौपानेले भन्नुभयो ,‘‘लागु औषध का घटनामा सानालाई पक्राउ गरिए पनि ठूला कारोवारी लाई पक्राउ गर्न सकिएको छैन ।’’
कार्यक्रममा बिशिष्ट अतिथी एंब हिन्दू स्वयंसेवक संघ नेपालका राष्टिूय सहकार्यबहाक प्रताव सिंह बुढाले निस्वार्थ रुपमा हिन्दू धर्म र राष्ट्रलाई योगदान पु¥याउनुलाई स्वयंसेवक भनिन्छ भन्नुभयो । संघले पटकपटक प्रशिक्षण कार्यक्रम गर्दै युवाहरुलाई जीवन, परिवार र संस्कार भनेको के हो भन्ने बारेमा सिकाउने गरिएको बताउनुभयो ।
‘‘व्यक्तिको चरित्र राम्रो छ भने त्यसले जुन ठाउँमा गएपनि राम्रो काम गर्छ भन्ने बुझेर हामीले प्रशिक्षण चलाउने गरेका छौँ’’, बुढाले भन्नुभयो । वर्गाधिकारी एंब पूर्व वडाध्यक्ष गंगाराम आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मोहननाथ योगीले गर्नुभएको थियो भने सञ्चालन भानुभक्त जैशीले गर्नुभएको थियो । तालिम १३ गते सकिने छ ।
टीकापुरस्थित खड्ग मेमोरीयल बोर्डिङ स्कुलमा तालिम सञ्चालन भइरहेको छ ।